मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

आज विश्वकर्माको पूजा गर्ने दिन,किन मनाइन्छ ? यस्तो छ आध्यात्मिक महत्व!

आज विश्वकर्माको पूजा गर्ने दिन,किन मनाइन्छ ? यस्तो छ आध्यात्मिक महत्व!

बिश्वकर्मा पुजा

images
  • 324
    SHARES

  • images
    images
    images
    आज विश्वकर्माको पूजा गर्ने दिन,किन मनाइन्छ ? यस्तो छ आध्यात्मिक महत्व!
    images
    images
    images

    बुटवल ।आज विश्वकर्मा पूजा। विश्वकर्मा पूजा भन्नसाथ हामी विभिन्न कलकारखाना, पार्टपूर्जा, यन्त्रको पूजाआजा गर्छौं। हरेक वर्ष कन्या संक्रान्तिको दिनमा अर्थात १७ सेप्टेम्बरमा विश्वकर्मा पूजा गरिन्छ। यो दिन भगवान विश्वकर्माको जन्म भएको थियो यसैले यस दिनलाई विश्वकर्मा जयन्ती पनि भनिन्छ। नेपाल लगायत भारतमा विश्वकर्मा पूजा उल्लासपूर्ण तरिकाले मनाइन्छ। यसैले विश्वकर्मा पूजाको दिन उद्योग, कलकारखाना र हरेक किसिमका मेसिनहरुको पूजाआजा गरिन्छ। यो पूजा सबै कलाकार, शिल्पकार र औद्योगिक घराना, व्यापारी र मजदुरहरुले गर्छन्। यो दिन धेरैजसो कलकारखाना बन्द रहन्छ र मानिसहरुले हर्षोल्लासको साथमा भगवान विश्वकर्माको पूजा गर्छन्। विश्वकर्मा भगवान को हुन् ? भगवान महादेवले ब्रहृमा र विष्णुलाई सृष्टिको सृजना र पालनको भिन्न भिन्नै जिम्मेवारी दिएका थिए। सृष्टिको सृजना गर्ने आफ्नो जिम्मेवारी निभाउन ब्रहृमाले आफ्नो वंशजदेव शिल्पी विश्वकर्मालाई आदेश दिए। विश्वकर्मालाई विश्वकै सबैभन्दा पहिलो इन्जिनियर र वास्तुकार पनि मानिन्छ। उनले पाताल, मध्यलोक र स्वर्गलोक गरी तीनै लोकको निर्माण गरे। भगवान विश्वकर्माको महत्व यो कुराले पनि स्मरण सकिन्छ कि उनको महत्वको वर्णन ऋग्वेदमा ११ ऋचाहरु लेखेर गरिएको छ। उनको अनन्त र अनुपम कृतिमा सत्ययुगमा स्वर्गलोक, त्रेतायुगमा लंका, द्वापयुगमा द्वारिका र कलियुगमा जगन्नाथ मन्दिरको विशाल मुर्ती आदि रहेका छन्। विश्वकर्मा पूजाको आध्यात्मिक महत्व जसको सम्पूर्ण सृष्टि र कर्म व्यापार हो उनीहरु विश्वकर्मा हुन्। सजिलो भाषामा भन्ने हो भने सम्पूर्ण सृष्टिमा जुन पनि कर्म सृजनात्मक हो जुन कामले जीवको जीवन सञ्चालित हुन्छ। उनीहरु सबैको मुल विश्वकर्मा हो। त्यसैले उनको पूजनले प्रत्येक व्यक्तिलाई प्राकृतिक उर्जा दिन्छ र काममा आउने सबै बाधा अड्चनहरुलाई तोडिदिन्छ भन्ने विश्वास रहेको छ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, आश्विन १ २०७८१०:१४:४६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij