बुटवल । मगर संसार फोटो ग्यालरीको चौथो बार्षिक उत्सबको अवसर पारी निर्णय गरिएको दुई छात्रबृत्ति मध्य एक छात्रबृत्ति आज २०७८ भदौ ३१ गते नवलपरासी जिल्ला सुनवल १२ भूमहिका बिपन्न बर्गका विद्यार्थीलाई प्रदान गरिएको छ। जगन्नाथ उच्च माध्यामिक विद्यालय भूमहिमा १० कक्षामा अध्यनरत १६ बर्षीय मोनिका गाहा मगरलाई मगर संसार राहतकोषबाट छात्रबृत्ति स्वरूप स्टेशनरी सामग्रीहरु कपि,पेन,ज्यामति,ब्याग,क्याल्कुलेटर, स्कूल जुत्ता जगायत तीन महीने बेसिक कम्प्यूटर क्लासको लागि ब्यवस्था ,स्कूल फी को लागि केहि पैसा मगर संसारका एडमिन निर्मला मगर र प्रिया राना मगरको उपस्थितिमा संयुक्त रुपमा हस्तान्तरण गरिएको हो। बाबा धनबहादुर गाहा मगर र स्वर्गिय आमा कुमारी गाहा मगरको (सानै उमेरमा आमा गुमाउनु भयकि) कोखबाट जन्मेकि मोनिका पढ्नमा पनि अब्बल छिन। यस अघि मगर संसार ग्रुपले आर्थिक रुपले बिपन्न बागलुङका विद्यार्थीलाई पनि आर्थिक सहयोग तथा छात्रवृत्ति प्रदान गरेको थियो। #संस्थापक:-अनिल लामिछाने मगर #एडमिनहरु:- - मन मास्की रानामगर - शान्ति राना मगर - मोनीका मगर्नी - प्रिया राना मगर - दिलु मगरनी - पृथीछक बुढा मगर - पवित्रा थापा मगर - युगेश पांमी मगर - राजेन्द्र राना मगर - बिष्णु ढेगा मगर - अमीर मगर - टूगा राना मगर - नबिना पुन मगर - रमेश बुढा मगर - प्रकाश मगर - बिस्वास मगर - एजिशा मगर्नी - प्रदीप घर्ती मगर - जानकी मगर - नीरू मास्की राना मगर - रन्जना थापा मगर मगर संसार(Magar Sansar) Photo Gallery
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij