मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

नेकपा एसमा लागेको भन्दै एमाले वडा अध्यक्षद्वारा २ स्थानीयलाई निर्घात कुटपिट

नेकपा एसमा लागेको भन्दै एमाले वडा अध्यक्षद्वारा २ स्थानीयलाई निर्घात कुटपिट

images
  • 647
    SHARES

  • images
    images
    images
    नेकपा एसमा लागेको भन्दै एमाले वडा अध्यक्षद्वारा २ स्थानीयलाई निर्घात कुटपिट
    images
    images
    images

    धादिङको नीलकण्ठ नगरपालिका वडा नं. १४ का वडा अध्यक्षले स्थानीय २ जनालाई कुटपिट गरेका छन् । वडा अध्यक्ष फन्द्रा तामाङसहितको समूहले शुक्रबार दिउँसो अब्जनाथ सापकोटा र इन्द्रप्रसाद घिमिरेमाथी कटपिट गरेका हुन् । कुटपिटपछि सापकोटा सख्त घाइते भएका छन् भने घिमिरे सामान्य छन् । सापकोटालाई धादिङ अस्पतालमा उपचारपछि थप उपचारको लागि शनिबार काठमाडौ लगिएको छ । पुरानो पार्टी एमाले छोडेर नयाँ पार्टी नेकपा समाजवादीमा लागेको भन्दै वडा अध्यक्षसहितको समूहले गालीगलौज गर्दै कुटपिट गरेको घाइते घिमिरेले बताएका छन् । यसैबिच घटनाको छानविन गरी दोषीमाथी कारबाहीको माग गर्दै नेकपा (एस) जिल्ला कमिटि धादिङले प्रेस वक्तव्य जारी गरिएको नेकपा (एस) धादिङका सचिव सुवास खतिवडाले बताउनुभयो । शनिबार विहान नेकपा एसका केन्द्रिय सदस्य गुरुप्रसाद बुर्लाकोटी, धादिङ जिल्ला सचिव सुवास खतिवडा लगायत नेताहरु घाइते सापकोटालाई भेट्न धादिङ अस्पताल पुग्नुभएको थियो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, आश्विन २ २०७८०७:३९:२०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij