बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीलाई मुक्का प्रहार गर्ने ब्यक्ति एमाले निकट अनेरास्ववियुको जिल्ला कमिटी सदस्य रहेको पुष्टि भएको छ। भदौ १३ गतेअघिदेखि लगातारको वर्षाले चुरेबाट पहिरो खस्दा बुटवल ज्योतिनगर र लक्ष्मीनगर क्षेत्रका करिब दुई दर्जन घर क्षतिग्रस्त भएका थिए । स्थानीयले प्रभावित क्षेत्रमा सरकारले नहेरेको भन्दै आक्रोश पोख्दै आएका थिए । उनीहरुले लामो समय सम्म पनि नगरले आफुहरुलाई सहयोग नगरेको भन्दै आक्रोश पोखेका हुन् । सोही क्रममा नुरुप्रसाद पङ्गेनीका छोरा २६ वर्षीय गणेश पङ्गेनीले मेयर सुवेदी माथि मुक्का प्रहार गरेका थिए । पहिरोका कारण घर पूर्ण रुपमा क्षेति भए पछि पहिरो पीडित नुरुप्रसादको परिवार आफन्तीको बस्दै आएको छ।पङ्गेनीको परिवारमा ५ जना रहेका छन् । पहिरोबाट घर लगायत घरमा भएका सबै साम्रगी पूर्ण रुपमा क्षति हुँदा समेत राज्यले सहयोग नगरेको भन्दै उनी आक्रोशित थिए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij