मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

मगर संसार ग्रुपको पहलमा कालुले पाए नयाँ घर

मगर संसार ग्रुपको पहलमा कालुले पाए नयाँ घर

फेसबुक ग्रुप बाट सामाजिक काम

images
  • 703
    SHARES

  • images
    images
    images
    मगर संसार ग्रुपको पहलमा कालुले पाए नयाँ घर
    images
    images
    images

    नवलपुर ।शारीरिक तथा मानसिक रुपले अशक्त गणेश दर्लामी अर्थात (कालु)को परिवारले नयाँ घर पाएको छ। नवलपुर १७ देवचुली निवासी बिपन्न बर्गका कालुको परिवारलाई एक कार्यक्रमका बिच घर हस्तान्तरण गरिएको हो। केही महिना अघि सामाजिक संजालमा कालुको दयनीय अवस्थाको भिडियो सार्बजनिक भए पछि फेसबुक ग्रुप मगर संसार फोटो ग्यालरीले कालुको घर बनाउने अभियानको थालनी गरेको थियो। कालुका आमा रुबिसरा दर्लामी र बुवा भिम बहादुर दर्लामी शारीरिक रुपमा अशक्त रहेका छन भने कालु बोल्न तथा हिंड्न सक्दैनन् । मगर संसार फोटो ग्यालरीका संस्थापक अध्यक्ष अनिल लामिछानेको बिशेष पहल र ग्रुपका एडमिनहरूको सक्रियतामा आर्थिक संकलन अभियान सुरु गरिएको थियो।उक्त सहयोग अभियानमा देश बिदेशमा रहेका सहयोगीदाताहरु बाट ८ लाख ४९ हजार ७ सय ५० रुपैयाँ आर्थिक संकलन भएको थियो। झराही बृक्षारोपण सामुदायिक वन उपभोक्ता समितिको जग्गामा लामो समय देखी आश्रय लिएर बसेका उनिहरुको घर निर्माणका लागि उक्त सामुदायिक वनले उपलब्ध गराएको जग्गामा निर्माण गरिएको घर असोज ३ गते संविधान दिवसको अवसर पारी मगर संसार ग्रुपका एडमिनहरुले संयुक्त रुपमा हस्तान्तरण गरेका हुन् । मगर संसार ग्रुपले कालुको घर बनाइदिने भए पछि घर निर्माणका लागि नवलपुरका शोभा लुंगेली मगर र चित्र मगरलाई जिम्मेवारी दिईएको थियो। किचन,शौचालय,बाथरूम,प्लास्टर गरी रंगरोकन गरिएको २ कोठे पक्की घर निर्माणका लागि ६ लाख ४४ हजार ७ सय १६ रुपैयाँ खर्च भएको र बाकी रहेको रकम २ लाख पाँच हजार ३४ रुपैयाँ रकम बिजुली र खानेपानीको धारा जडान,र कालुको बुवाको उपचारमा खर्च गरिने र बाकी रहेको रकम कालुको बैंक खातामा जम्मा गरिएदिने घर निर्माणको जिम्मा पाउनु भएका शोभा लुङ्गेली मगरले बताउनुभयो। आम्दानीको श्रोत नभएका कालुको परिवारको जिविकोपार्जनका लागि कुख़ुराको दुई तले खोर र लोकल कुख़ुरा एक भाले र दुई पोथी समेत कालुको परिवारलाई हस्तान्तरण गरिएको छ।साथै अत्यावश्यक घरायसी सामाग्री पंखा,दराज,तन्ना,सिरानी,सिरक,टेबल,कुर्सी ,सिरक ,पर्दा,किचन र्याक भाड़ाकूड़ा र खाद्यान्न सामाग्रीहरु पनि कालुको परिवारलाई हस्तान्तरण गरिएको थियो। घर हस्तान्तरण कार्यक्रममा नेपाल मगर संघ जिल्ला समन्वय समिति नवलपुरका अध्यक्ष इन्द्र बहादुर फाल मगर,नेपाल मगर संघ देवचुली नगर समितिका अध्यक्ष टुकलाल रुचाल मगर,झराही बृक्षारोपण सामुदायिक वन उपभोक्ता समूह देवचुली १७ का अध्यक्ष शिवलाल सापकोटा,मगर संघ देवचुली नगर समितिका उपाध्यक्ष झबिन्द्र मास्की राना मगर,देवचुली १७ का वार्ड सदस्य तथा नगर कार्यपालिका सदस्य नव कुमारी गौतम, नेपाल मगर संघ रुपन्देहीका पुर्व सहसचिव तथा सामाजिक युवा ब्याक्तित्व बिनोद थापा मगर, रहजर बौद्ध बिहार गुम्बा अध्यक्ष गंगा रोका मगर, गौरीपुर मगर समाज अध्यक्ष मोहन वाचे मगर, गौरीपुर टोल बिकास संस्था अध्यक्ष मना सि.वाचे मगर पत्रकारहरु गोबिन्द घर्ती मगर,निर्मल एसपी मगर,नीरू गौतम तथा ग्रुपका एडमिनहरु शान्ति राना मगर,अमीर मगर,बिष्नु ढेंगा मगर,प्रिया राना मगर,अजिसा मगर(निर्मला),नबिना पुन मगर,जानकी मगर,प्रदीप घर्ती मगर,नीरु मास्की राना मगरको सहभागिता रहेको थियो। कार्यक्रम ग्रुपका एडमिन शान्ति रानाको अध्यक्षता र संचालन देवचुलीका समाजसेवी खुम सारू मगर र एडमिनद्वय प्रिया राना मगर र अजिसा मगरले गर्नु भएको थियो।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, आश्विन ४ २०७८०८:५२:२४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij