मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बुटवलका मेयरलाई मुक्का प्रहार गर्ने युवा पक्राउ

बुटवलका मेयरलाई मुक्का प्रहार गर्ने युवा पक्राउ

images
  • 335
    SHARES

  • images
    images
    images
    बुटवलका मेयरलाई मुक्का प्रहार गर्ने युवा पक्राउ
    images
    images
    images

    बुटवल ।रुपन्देहीको बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि मुक्का हान्ने गणेश पंगेनीलाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बुटवलले सोमबार साँझ उनलाई पक्राउ गरेको हो। उनलाई इलाका प्रहरी कार्यालय बुटवलकै हिरासतमा राखिएको छ।  बुटवल उपमहानगरपालिका–३ ज्योतीनगर र लक्ष्मीनगर क्षेत्रको पहिरो निरिक्षणमा पुगेका वेला मेयर सुवेदीलाई पंगेनीले मुक्का हानेका थिए । भदौ १३ मा गएको पहिरोले बुटवल–३ को मका २ दर्जन बढी घरमा क्षति पुगेको थियो। पहिरोले घरमा क्षति पुगेपछि पीडित परिवार विस्थापित छन् । पहिरोले विचल्ली वनाएर खान वस्न नपाएका वेला नआएका मेयर समस्या समाधान हुँदै गएपछि फोटो खिचाउन आएको भन्दै स्थानीयवासी आक्रोसित भएका थिए । पहिरोपीडितको बेवास्ता गरेको भन्दै मेयर सुवेदीकै पार्टी नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्वियूका रुपन्देही जिल्ला कमिटी सदस्य पंगेनीले हातपात गरेका थिए ।

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, आश्विन ५ २०७८०२:०५:४२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij