मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

लुम्बिनी प्रदेशका सबै बालबालिकालाई खोपयुक्त बनाउने प्रतिवद्धता पूरा गर्दछौं : मुख्यमन्त्री केसी

लुम्बिनी प्रदेशका सबै बालबालिकालाई खोपयुक्त बनाउने प्रतिवद्धता पूरा गर्दछौं : मुख्यमन्त्री केसी

images
  • 376
    SHARES

  • images
    images
    images
    लुम्बिनी प्रदेशका सबै बालबालिकालाई खोपयुक्त बनाउने प्रतिवद्धता पूरा गर्दछौं : मुख्यमन्त्री केसी
    images
    images
    images

    बुटवल। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ले आजका बालबालिका भविस्यका कर्णधार भएको बताउँदै लुम्बिनी प्रदेशभित्रका सम्पूर्ण बालबालिकालाई कोरोनाको खोप प्रदान गरी बालबालिकालाई खोपयुक्त प्रदेश बनाउन सरकार लागि परेको बताउनुभएको छ । उहाँले संविधानले जनताको पहिलो अधिकारका रुपमा स्वास्थ्यलाई परिभाषित गरेको बताँदै भौतिक विकासका कामलाई रोकेर भए पनि प्रदेशभरीका बालबालिकाहरुलाई प्रदेश सरकारले गौरवको आयोजनामा राखेर भएपनि खोपको सुनिश्चता गर्नुपर्ने बताउनुभयो । यस्तो विचार मुख्यमन्त्री कुलप्रसाद केसीले केसीले समाज सेवी एवं राजनीतिक प्रतिमाचन्द्र बोहरा फाउण्डेशन भैरहवाले लुम्बिनी प्रदेशलाई कोराना महामारीको विरुद्धमा लड्नका लागि स्वास्थ्य सामाग्री हस्तातरण कार्यक्रममा बताउनुभएको हो । फाउण्डेशनले करिव २ करोड बराबरको स्वास्थ्य सामग्री प्रदेश सरकारलाई प्रदान गरेको छ । प्रजातन्त्रिक आन्दोलका एक धरोहर समाज सेवी एवं राजनीतिक प्रतिमाचन्द्र बोहराले सामाजिक र राजनीतिक परिवर्तनका लागि गरेको योगदानलाई महत्पूर्ण रहेको बताउँदै अझै उहाँको मृत्यु पछि पनि त्यसप्रकारको योगदान आवश्यक रहेको बताउनुभयो । उहाँले फाउण्डेशनबाट लुम्बिनी प्रदेशलाई सहयोग गरेकोमा हार्दिक धन्यवाद व्यक्त गर्दै प्रदेश सरकार साक्षात्कार गर्न आवश्यक रहेको बताउनुभयो । मुख्यमन्त्री केसीले प्रदेश सरकारले फाउण्डेशनसँग हातेमालो गर्दैै सहकार्य गर्न तयार रहेको बताउँदै आगामी दिनमा पनि सहकार्य आवश्यक सहयोग गरि दिनका लागि आग्रह गर्नुभएको छ । उहाँले जनताको पहिलो अधिकार स्वास्थ्यलाई प्रत्याभुति गराउनको लागि क्यान्सर पीडित, मुटुको भल्ब फर्ने र क्यान्सर पीडितहरुलाई सरकारले रु २ लाख दिने घोषणालाई अब छिट्टै कार्यन्वयनयमा लिइने बताउँदै प्रदेशमा एउटा नमूना क्यान्सर अस्पताल निर्माणको लागि प्रदेश सरकार लागि रहेको मुख्यमन्त्रीका प्रेस संयोजक मानसिंह विश्वकर्माले बताउनुभयो । कार्यक्रममा बोल्दै पूर्व मन्त्री एवं प्रतिमानचन्द्र फाउण्डेशनका अध्यक्ष दिपक बोहराले समाज सेवा नै फाउण्डेशनको मुख्य अपेक्षा भएको बताउँदै त्यसै अनुसार काम गर्दै अगाडि बढेको बताउनुभयो । उहाँले भन्नुभयोः–“मेरो बाबाले देखाएको समाज सेवाको वाटोमा हामी सधै लाग्ने छौँ, गरिव दुखिहरुको सेवा गर्नेछाँै । त्यसरी अगाडि बढेर प्रदेश सरकारकालाई सहयोग गर्नेछाँै ।” स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास देवकोटाले प्रदेश सरकारले नयाँ गतिका साथ कायम गरी रहेको बताउँदै त्यसलाई अझै गति प्रदान गर्नका लागि कर्मचारी क्षेत्र पनि लागेको बताउनुभयो । प्रदेशको समस्याहरुमा अझै सहकार्य गरी अगाडि बढ्नका लागि समेत पहल जारी राख्ने बताउनुभयो। फाउण्डेशनले माक्स १४ हजार, के ९५ माक्स ३ हजार, डिजिटल थर्ममिटर ३२ थान, फेसियल ३ हजार १ सय ५०, पी.पी.इ सेट मिडियम १ सय २० थान, पीपि इ सेट ठूलो ४ सय ६० सेट, ग्लोव १ लाख ६६ के एन ९५ प्रोएक्टीभ माक्स १५ हजार ४ सय लगायतको सामाग्री हस्तातरण गरेको थियो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, आश्विन ५ २०७८०६:५१:०५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij