मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बारम्बार लाइन जाने समस्या दोहोरियो : के हो सिस्टम फेल भनेको ??

बारम्बार लाइन जाने समस्या दोहोरियो : के हो सिस्टम फेल भनेको ??

विद्युत कटौती

images
  • 1.0K
    SHARES

  • images
    images
    images
    बारम्बार लाइन जाने समस्या दोहोरियो : के हो सिस्टम फेल भनेको ??
    images
    images
    images

    बुटवल ।पछिल्लो समय पुनः बारम्बार विद्युत कटौती हुन थालेको छ ।दैनिक रूपमा बारम्बार विद्युत जाने आउने समस्या आउन थाले पछि सर्वसाधारण आजित बनेका छ्न। बारम्बार विद्युत कटौती हुँदा दैनिक कार्ययोजना समेत अस्त ब्यस्त बनेको र नियमित काम हुन नसक्दा आफ्नो ब्यावसायनै धरापमा परेको देवदहका एक मझौला उद्योगी बताउँछन् । बारम्बार लाइन काट्नु भन्दा समस्याको पहिचान गरि मर्मत गर्ने समय लिएर समस्या समाधान गर्नुपर्ने बुटवलका फर्निचर ब्यावसायी राजिब श्रेष्ठ बताउँछन् ।केही महिना अघि विद्युत कटौतीको समस्या बारम्बार दोहोरिए पछि देवदह क्षेत्रका सर्वसाधारणले विद्युत कार्यालय घेराउ गरेका थिए ।विद्युत कटौतीको समस्यालाई सिघ्र समाधान गर्ने लगायत लिखित सम्झौता भएको थियो।हाल उक्त समस्या दोहोरिन थाले पछि स्थानीय आक्रोशित भएका छ्न। विद्युत नियोजित तरिकाले नभै प्राविधिक कारण कटौती हुने नेपाल विद्युत प्राधिकरण बुटवलका प्रमुख शुरेश कुमार महतो बताउँछन् ।देवदह क्षेत्रमा ३३ केभी ग्राहकको लोड ब्यवस्थापन गरेर विद्युत आपूर्ति ब्यवस्थापन गरिने लिखित सम्झौता भएको र सो सम्झौताको उलंघन भएको भन्दै व्यापक जन गुनासो बढेको छ।यद्यपि प्राधिकरण प्रमुख महतोका अनुसार दीर्घकालीन समस्या समाधान हुने गरि काम भैरहेको बताउँछन् ।सिस्टम जाने समस्या,प्राबिधिक र प्राकृतिक कारण विद्युत कटौती हुने प्राधिकरणको भनाई छ।  FB_IMG_16327060531815056.jpg                                     के हो सिस्टम फेल भनेको ?लाईन के के कारणले जान्छ?                                                      १. सिस्टम ट्रीप/फेल भएमा । सिस्टम भनेको राष्टिय प्रसारण लाइन (विधुतको मेरुदण्ड) हो जहा पावरहाउसवाट आएका लाइनहरु र पावर ग्रिडमा गएका लाइनहरु जोडिएका हुन्छन । यसलाई नेशनल ग्रिड पनि भनिन्छ । एक्कासि विधुतको खपत कम वा बढी भएमा सिस्टम ट्रीप हुन्छन । यस्तो बेला कतै पनि बत्ती हुदैन र सिस्टम रिकभर हून लगभग एक घाटा जति लाग्न सक्छ । २. राष्टिय प्रसारण लाइनमा समस्या आएमा वा मर्मत संभार गर्नूपरेमा । कहिले काही राष्टिय प्रसारण लाइनको तार चुडिएमा वा डिस्क इन्सुलेटर बिग्रेमा पनि सिस्टम ट्रीप हुन्छ । यस्तो केसमा जून सेक्शनमा समस्या आएको हुन्छ, त्यो सेक्शनलाई छुट्याई बाँकी लाइन सूचारु गरिन्छ र समस्या आएको सेक्शनको उचित मर्मत संभार पश्चात मात्रै लाइन सूचारु हुन्छ । यदि तपाई समस्या आएको सेक्शनमा पर्नूभएको छभन्ने त्यहा समस्याको प्रकृति हेरी २ घण्टा देखि एक दूई दिन पनि लागन सक्छ । ३ . ग्रिड स्वस्टेशन रहेका उपकरणहरुका मर्मत संभार वा अपग्रेड गर्नू पर्ने भएमा । पावरहाउसवाट उत्पादन भई आएको बिधुत लाइन प्रसारण लाइन मार्फत पावर ग्रिडमा आउछ र त्यहा भोल्टेजलाई उचित स्तरमा डाउन गरी ११ के.भी., ३३ के.भी. र ६६ के.भी. का फिडरहरु मार्फत ग्राहकहरु कहा पुर्याइन्छ। ग्रिड स्वस्टेशन पावर ट्रान्सफर्म सहित कन्ट्रोलिङ्ग तथा मिटिरिंग उपकरणहरु हुन्छन । विधुत खपतको मागसंगै स्वस्टेशन भित्र रहेका उपकरणहरुलाई समय समयमा अपग्रेड गर्नूको साथै समय समयमा ती उपकरणहरु मर्मत संभार कार्य पनि गर्नूपर्ने नै हुन्छ। ग्रिड वा स्वस्टेशनमा गरिने यी कामहरु बत्ती ननिभाई गर्न सम्भव हूदैंन । यस्तो बेलामा ती स्वस्टेशनबाट प्रसारण भएको क्षेत्रमा बत्ती हूदैन र कार्य र समस्याको प्रकृती अनूसार बत्ती कति खेर आउछ भन्न सकिछ । ४ . वितरण लाइन, वितरण ट्रान्सफर्मर आदीमा समस्या आएमा वा अपग्रेड गर्नूपर्ने भएमा । स्वस्टेशनबाट निस्केको ११ के.भी. को वितरण लाइन (फिडर )मा ठाउँ ठाउमा वितरण ट्रान्सफर्मरहरु राखी ४००/२३० भोल्टका लाइन तानी ग्राहकहरुको घर घर सम्म विधुत पूर्याइएको हुन्छ । बत्ती जाने कारणहरु मध्ये सबभन्दा बढी कारकहरु यसै वितरण लाइन तथा उपकरणहरु बाट हुन्छन। तर यी लाइनमा समस्या हूंदा कूनै क्षेत्र विषेशमा मात्र बत्ती हूदैन् । वितरण लाइन तथा उपकरणमा सामान्यता हूने समस्याहरु यस प्रकारका छन् । क. कसैको घरको सर्भिस कनेक्शनमा समस्या आएमा सो घरमा मात्रै बत्ती हूदैन । ख. एल.टि. लाइन (४००/२३० भोल्ट )को कूनै फेजको जम्पर आउट भएमा सो लाइनमा जम्पर पछि सर्भिस कनेक्शन भएका घरहरुमा बत्ती हूदैन । ग. वितरण ट्रान्सफर्मरको एल.टि साइडको फ्यूज गएमा फ्यूज गएको फेजमा कनेक्शन भएका घरहरुमा बत्ती हूदैन । घ. वितरण ट्रान्सफर्मरको एच.टि .(११ के.भी.) साइडको फ्यूज गएमा । यस्तो बेलामा कतिवटा फ्यूज गएको छ सोही अनूसार बत्ती कूनै घरमा डिम त कूनै घरमा राम्रै वा नहून सक्छ । ङ. ११ के.भी. लाइनको जम्पर आउट भएमा वा त्यसमा रहेका पिन वा डिक्स इन्सुलेटर फुटेमा /पंचर भएमा वा कूनै ठाउँमा तार चुडिएमा वा कतै पोल भांचिएमा वा कतै रुख, हांगा लागेमा सो फिडरमा रहेका ग्राहकहरुमा बत्तीको समस्या आउछ । च. वितरण ट्रान्सफर्मर जलेमा उक्त एरियामा लाइन हूदैन र जलेको ट्रान्सफर्मरको ठाउँमा अर्को ट्रान्सफर्मर राख्ने बेलामा उक्त फिडरमा लाइन काटिएको हुन्छ । छ . बढ्दै गएको माग अनूसार ११ के.भी.,एल.टि . लाइन तथा ट्रान्सफर्मरहरुको क्षमता विर्धि गर्नू पर्दा लाइन बन्द गर्नूपर्ने हुन्छ। यस्तो बेलामा पनि सम्बन्धित फिडर वा सम्बन्धित ट्रान्सफर्मरहरुको लाइन मात्र बन्द हुन्छ। ज. कतै वा कसैका घरमा आगलागी भएमा दुर्घटनाबाट जोगिन सम्बन्धित फिडर नै बन्द गर्नूपर्ने हुन्छ र सो ठाउमा कर्मचारी नपूगून्जेलसम्म बत्ती बन्द नै हुन्छ । झ. एच.टि. लाइनमा काग, चमेरो जस्ता चराहरु बसेर लाइन शर्ट गराउदा फिडर ट्रीप वा तार चुडिने गर्छ । त्यस्तो समयमा घटनास्थलमा पूगी समस्या सामाधान गरेमा लाइन चालू हुन्छ । छ. हूरी बतास/पानी आएको बेलामा । प्रायजसो पानी वा सामान्य हावा आएकोे बेलामा लाइन बन्द गरिदैन् । तर पानी परेको कारण कतै पोल ढलेमा वा पानीको कारण बांस वा रुखका हांगाहरु लाइनलाई छुन गएमा लाइन फलत भई ट्रीप हुन्छ र त्यो फल्ट नबनाउन्जेलसम्म बत्ती आउदैन् । हूरी बतास आएको बेलामा दुर्घटनाबाट बच्न लाइनहरु बन्द गरिएका हुन्छन र हूरी बतास बन्द भए पश्चात हूरी बतासबाट भएको क्षत्ति निरीक्षण गरी हूरी बतासले बिगारेको लाइनहरु मर्मत संभार पश्चात मात्रै लाइन चालू गरिन्छ । यस्तो बेलामा हूरी बतासले पूरयाएको क्षत्तिपुर्तिको अवस्था हेरी लाइन आउने समय भन्न सकिन्छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, आश्विन ११ २०७८०८:३३:१८
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij