मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

क्याप्टेनलाई बिमान बाट बाहिर आउँदा यसरि गरियो स्वागत

क्याप्टेनलाई बिमान बाट बाहिर आउँदा यसरि गरियो स्वागत

images
  • 700
    SHARES

  • images
    images
    images
    क्याप्टेनलाई बिमान बाट बाहिर आउँदा यसरि गरियो स्वागत
    images
    images
    images

    काठमाडौं बाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाज ल्याण्ड हुन नसकेर पुनः काठमाडौं नै फर्किएको जहाज सकुशल ल्याण्ड भएको छ। दुई घण्टादेखि काठमाडौंको आकाशमा होल्ड भएको जहाज सकुशल ल्याण्ड भएको विमानस्थल कार्यालयले जनाएकाे छ। जहाज विराटनगरमा ल्याण्ड हुन नसकेर काठमाडौं फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाइअलर्ट गरिएको थियो। विमान फोर्स ल्याण्डका लागि एम्बुलेन्स दमकल विमानस्थलमा राखिएको थियो। ल्याण्डिङ गियर नखुलेका कारण विमानले आकाशमा लामो समय फन्को मा’रिरह्यो । विमानमा भएको इन्धन सकेर धावनमार्गमा फम राखेर अवतरण गराउने योजना बन्यो । तर विमालाई निकै तल ल्याएर हेर्दा ल्याण्डिङ गियर पनि खुलेको देखिएपछि विमानको सहज अवतरण सम्भव भएको विमानस्थलका अधिकारीहरु बताउँछन् ।‘जहाजमा ल्याण्डिङ गेयरका लागि दुई वटा इन्डिकेटर रहेको हुन्छ । जस अनुसार प्राइमेरी इन्डिकेटरमा संकेत नदेखिएको तर सेकेण्डरी इण्डिकेटरमा सबै ठिकठाक रहेको देखियो । ‘सुरक्षामा शुन्य सहनशिलता’ अनुसार क्याप्टेनले जहाज तुरुन्तै काठमाडौंमा फर्काउने निणर्य गर्‍यो’, विज्ञप्तिमा अगाडि भनिएको छ, ‘काठमाडौं आकाशमा आइसकेपछि क्याप्टेनले बुद्ध एयरको टेक्निकल टिमको रेडियो सम्पर्कमा ल्याण्डिङ गियर चेकजाँच गर्दा सही र झरेको जानकारी दियो । जस अनुसार अन्तर्राष्ट्रिय तथा नागरिक उड्डयन प्राधिकरणले जारी गरेको दिशा निर्देशिका अनुसार काठमाडौं विमानस्थलमा सुरक्षितसाथ जहाजलाई ‘नर्मल’ अतवरण गराइयो।’काठमाडौंबाट विराटनगर उडेको जहाज कल साइन नाइन एन-एएनआई, उडान संख्या यु ४ ७०१ मा वयष्क ६८ जना, बच्चा २ जना, इन्फ्याण्ट ३ जना गरि ७३ जना यात्रु रहेको बुद्ध एयरले जानकारी दिएको छ। उक्त जहाज क्याप्टेन एजी शेर्पाले उडाएका थिए। जहाजमा ७२ यात्रु सवार थिए। विमानस्थलमा यात्रुहरूको स्वास्थ्य जाँच गरिने र त्यसपछि अर्को जहाजमा विराटनगरमा पठाइने विमानस्थल कार्यालयले जनाएको छ। जहाजको ल्याण्डिङ गियरमा समस्या देखिनाथ जहाजलाई तत्कालै काठमाडौं फर्काएको बुद्ध एयरले जानकारी दिएको छ।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, आश्विन ११ २०७८०४:१७:०२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij