ज्योतिनगर क्षेत्रका पहिरो पीडितको समस्या छिट्टै समाधान हुन्छ
बुटवल । गत भदौ १० गते राती परेको भीषण बर्षाका कारण क्षेती पुगेका ज्योतिनगर वासीलाई उचित ब्यवस्थापन गरिने बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीले बताउनु भएको छ। अविरल वर्षाले ज्योतिनगर लक्ष्मीनगरमा आएको पहिरोले गर्दा गोलपार्क देखी राजमार्ग चौराहा सम्मको सडकमा जम्मा भएको धुवाधुलो तथा फोहोरमैला हटाउन सरसफाई अभियान सञ्चालनको सुरुवात गर्दै मेयर सुवेदीले उक्त कुरा बताउनु भएको हो। चुरे क्षेत्रको माथिल्लो तह देखीनै ब्यवस्थापन गर्ने गरि योजना बनाउन लागिएको र पहिरो पीडितलाई बुटवल बहुमुखी क्याम्पसको प्राङ्गणमा तत्कालका लागि ब्यवस्थापन गरिएको सुवेदीले बताउनुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij