काठमाडौ ।बिभिन्न युट्युब च्यानल संचालन गरी उक्त च्यानलहरु मार्फत पीडित महिलाको तस्विर सहित चरित्र हत्या हुने तथा इज्जत प्रतिस्ठामा आँच पुयाई नीजप्रति घृणा वा द्वेष फैलाउने सामाग्रीहरु प्रसारण गरेको भन्दै प्रहरीले विभिन्न युट्युब च्यानल संचालकलाई पक्राउ गरेको छ। विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुर गरेको ठहर गर्दै काठमाण्डौ जिल्ला अदालतबाट पक्राउ पुर्जी लिई दैनिक खबर युट्युब च्यानलका संचालक जिल्ला दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं. १७ मिमुवा स्थायी ठेगाना भई हाल जिल्ला काठमाण्डौ गोकर्णेश्वर बस्ने बुद्धिमान भण्डारीको छोरा वर्ष २१ को प्रदिप भण्डारी,हरेक पलको खबर युट्युब च्यानलका संचालक जिल्ला नुवाकोट सुर्यगढी गाँउपालिका वडा नं. २ चोकदे स्थायी ठेगाना भई हाल जिल्ला काठमाण्डौ नेपालटार बस्ने राम प्रसाद अधिकारीको छोरा बर्ष २७ को शिशिर अधिकारी, सराइचुली मिडिया युट्युब च्यानलका संचालक जिल्ला मोरङ वेलवारी नगरपालिका वडा नं. ९ स्थायी ठेगाना भई हाल जिल्ला काठमाण्डौ पेप्सिकोला बस्ने भुप नारायण कार्कीको छोरी वर्ष ३५ की पिंकला कार्की र मोडेर्न अनलाइन टिभी नामक युट्युब च्यानलका संचालक जिल्ला दोलखा मेलुङ गाउँपालिका वडा नं. ४ स्थायी ठेगाना भई हाल जिल्ला काठमाण्डौ गोकर्णेश्वर बस्ने चन्द्र बहादुर तमाङको छोरा वर्ष २४ को रोधन तमाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका युट्युबरहरुलाई जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भैरहेको प्रवक्ता एवं सूचना अधिकारी नविन्द्र अर्यालले बताउनुभयो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij