कपिलवस्तु । कपिलवस्तुकी प्रतिभा पाल हुन उनी । उनको तस्वीर अहिले तराई मधेशका व्यक्तिहरुको समाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन् । कारण उनी सशस्त्र प्रहरी बलको प्रहरी निरिक्षकमा सिफारिस हुन सफल भएकी हुन । मधेशी मुलकी महिला भएर सशस्त्र प्रहरी बलको प्रहरी निरिक्षक सम्म पुग्नु समेत अहिले मधेशका लागि शौभाग्य सावित भएको भन्दै उनको तस्वीर राखेर शुभकामना दिने क्रम जारी छ । सशस्त्र प्रहरी बल नेपाल भर्ना छनौट समितिले निकालेको नतिजामा कपिलबस्तुको विजयनगर गाउँपालिका वडा नम्बर ७ की मधेशी महिला पालको नाम महिला तर्फबाट सिफरिस भएको छ । भदौ ८ गते निकालिएको नजिमा ३ जना महिलाको नाम सिफारिस हुदा मधेशीवाट प्रतिभाको नाम सिफारिस भएको हो । पाल हाल सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा कार्यरत छिन । उनी विगत एक वर्ष देखी प्रहरी निरीक्षक पदका लागि मेहनत र तयारी गर्दै थिइन।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij