मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

श्रीमानको संवेदनशिल अङ्गमा ढुंग्रोले हानेर हत्या गरेको आशङ्कामा श्रीमती पक्राउ

श्रीमानको संवेदनशिल अङ्गमा ढुंग्रोले हानेर हत्या गरेको आशङ्कामा श्रीमती पक्राउ

images
  • 463
    SHARES

  • images
    images
    images
    श्रीमानको संवेदनशिल अङ्गमा ढुंग्रोले हानेर हत्या गरेको आशङ्कामा श्रीमती पक्राउ
    images
    images
    images

    गुल्मी । कुटपिटका कारण एक पुरुषको मृत्यु भएको आशङ्कामा प्रहरीले उनको श्रीमतीलाई पक्राउ गरेको छ । पाल्पाको मिसन अस्पतालमा मंगलबार राति उपचारका क्रममा मृत्यु भएका गुल्मीको रुरुक्षेत्र गाउँपालिका-१ भड्कुवा निवासी ४८ वर्षीय रमेश ज्ञवालीको मृत्यु अघिल्लो रात श्रीमतीको कुटपिटका कारण भएको प्रहरीको आशङ्का रहेको छ । अघिल्लो रात घरमा झगडा भएको र पछि हारगुहार गर्न जाँदा मृतककी श्रीमती पुष्पा ज्ञवालीले आगो फुक्ने फलामको ढुङ्ग्रीले संवेदनशील अङ्गमा प्रहार गरेर घाइते बनाएको आफूहरूले देखेको मृतकका दाजु पदम ज्ञवालीको दाबी छ । उनको बयान लगत्तै गुल्मी प्रहरीले पाल्पा प्रहरीलाई सम्पर्क गरि शव पोस्टमार्टमका लागि बुटवल पठाएको छ । त्यस्तै, मृतककी श्रीमतीलाई पाल्पाबाटै नियन्त्रणमा लिई आज रेसुङ्गा प्रहरी चौकीमा ल्याएर राखिएको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए । उनले आफूले अलि अलि घचेटेको तर त्यसरी नकुटेको बयान दिएको प्रहरी प्रमुख भट्टराईले बताए ।रासस

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, आश्विन १४ २०७८०७:३९:५९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij