मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

बिपन्न बर्गका परिवारलाई लायन्स क्लब अफ देवदहको खाद्यान्न सहयोग

बिपन्न बर्गका परिवारलाई लायन्स क्लब अफ देवदहको खाद्यान्न सहयोग

images
  • 348
    SHARES

  • images
    images
    images
    बिपन्न बर्गका परिवारलाई लायन्स क्लब अफ देवदहको खाद्यान्न सहयोग
    images
    images
    images

    देवदह। लायन्स क्लव अफ देवदहले विपन्न ज्येष्ठ नागरिक तथा अपांग परिवारलाई राहत वितरण गरेको छ । चाडपर्वहरु नजिकिएको अवस्थामा उक्त परिवारले पनि सहज रुपमा चाडपर्व मनाउन सकोस भन्ने उद्देश्यले राहत स्वरुप खाद्यन्न वितरण गरेको छ । देवदह ७ सावित्री टोल स्थित १०७ वर्षिय ज्येष्ठ नागरि मन बहादुर सार्की र उहाँको ५० वर्षिय दृष्टिविहिन छोरीको लागि एक महिनाको लागि पुग्ने गरि खाद्यान्न वितरण गरेको कार्यक्रम संयोजक तथा क्लवका तृतीय उपाध्यक्ष लायन कृष्णराज पौडेलले जानकारी गराउनुभयो । उक्त कार्यक्रममा बोल्दै क्लवका चार्टर प्रेसिडेन्ट तथा डिष्ट्रिक्ट ड्युपुटी चिफ लायन विष्णु प्रसाद पौडेलद्धारा राज्यको आँखा यस्ता विपन्न परिवारमा नपर्नु दुःखको कुरा भन्दै क्लवले सन्देशमुलक तरिकाले राज्य लगायत अन्य संघसंस्थाको ध्यानाकर्षण गर्ने गरि राहत वितरण गरेको बताउनुभयो । क्लवका अध्यक्ष लायन बिनोद थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा क्लवका चार्टर प्रेसिडेन्ट तथा लायन्स क्लव इन्टरनेशनल ३२५बि२ नेपालका डिष्ट्रिक्ट ड्युपुटी चिफ लायन बिष्णु प्रसाद पौडेल, पूर्व अध्यक्ष तथा डिष्ट्रिक्ट डिपार्टमेन्ट मेम्बर लायन ऋषिराम सापकोटा, पूर्व अध्यक्ष तथा जोन चेयर पर्सन लायन गुमानसिह के.सी., क्लवका आईपीपी लायन राम बहादुर गुरुङ, कानुनी सल्लाहकार टिकाराम चापागाई, क्लवका पदाधिकारी, सदस्य, लियो क्लव अफ देवदहका प्रथम उपाध्यक्ष, समाजसेवी बालकुमार श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो । उक्त परिवार भाद्र १० र ११ गते परेको अविरल वर्षाको कारण प्रभावित हुनुका साथै घरको अवस्था नाजुक रहेको, खानेपानी र बिजुलीको समेत समस्या रहेको र बिहान साँझ दुई छाक खानको लागि समस्या रहेको छ । क्लवले कम्तिमा एक महिनाको लागि पुग्ने गरि खाद्यान्न सामाग्रीहरु वितरण गरेको छ । क्लवको वार्षि कार्यक्रम भोक राहत अन्तर्गत क्लवको राहत कोषबाट उक्त खाद्यन्न सामाग्री वितरण गरिएको क्लवका अध्यक्ष थापामगर द्धारा जानकारी गराउनुभयो । उक्त कार्यक्रम क्लवका तृतीय उपाध्यक्ष तथा कार्यक्रम संयोजक लायन कृष्णराज पौडेलको स्वागत र सचिव लायन सिर्जना ओली सापकोटाको संचालनमा सम्पन्न भएको थियो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, आश्विन १६ २०७८०५:५२:५५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij