मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

पावर लिफ्टिङ्गको उपाधि काेमल कुमारी र बिक्रमलाई

पावर लिफ्टिङ्गको उपाधि काेमल कुमारी र बिक्रमलाई

images
  • 378
    SHARES

  • images
    images
    images
    पावर लिफ्टिङ्गको उपाधि काेमल कुमारी र बिक्रमलाई
    images
    images
    images

    बुटवल १७,असोज ।नेपाल पावर लिफ्टिङ्ग संघको तत्वाधानमा व्यायाम व्यवसायी सङ्घ रुपन्देहीकोको आयोजनामा सम्पन्न भएको प्रथम रुपन्देही जिल्ला स्तरीय पावर लिफ्टिङ्गको उपाधी बिक्रम डम्बरपाल र कोमल कुमारी थापाले जितेका छन् । शनिबार सम्पन्न प्रतियोगितामा पुरुष तर्फ कुल ४ सय ३१ केजी तौल उचालेर बिक्रम डम्बरपाल र महिला तर्फ कुल २ सय ९२ केजी बजन उचालेर काेमल कुमारी थापा बिजेता बनेकी हुन् । चारवटा चरणमा सञ्चालन गरिएको प्रतियोगितामा उपाधि हासिल गरेका दुवै बिजेताले ट्रफी सहित ५/५ हजार नगद समेत प्राप्त गरे । 20211003_080316.jpg                                                                        बिजेन्द्रमान श्रेष्ठकाे अध्यक्षतामा सम्पन्न उक्त प्रतियोगितामा सनराइज बैंकका प्रबन्धक नविन थापाकाे प्रमुख आतिथ्यता रहेको थियो। छनोट चरण पार गर्दै ३० जना खेलाडीहरु फाइनल राउण्डका लागि प्रवेश गरेका थिए। बुटवल ३ स्थित सिध्दबाबा पार्टि प्यालेसमा सम्पन्न फाइनल राउण्डमा पुरुष ६५ केजी भन्दा माथि समुहमा प्रकाश चाैधरी प्रथम मनाेज मल्लाह दाेश्राे तथा प्रस गुरुङ तेस्रो भए । ६५ केजी भन्दा मुनिको समुहमा बिक्रम डम्बरपाल प्रथम उदयराज पाण्डे दोश्रो र आबिष्कार खड्का तेस्रो भए । महिला तर्फ ६० केजी भन्दा माथी समुहमा काेमल कुमारी थापा प्रथम निधिका नेपाल दाेश्राे शान्ति थापा तेस्रो हुन सफल भए ।यस्तै महिला ६० केजी भन्दा तलको समुहमा मिना कुमारी खाम्चा प्रथम मन्जिता राजभण्डारी दाेश्राे प्रविना राेकाया तेस्रो भए । प्रतियोगिताका विजयी खेलाडीहरुलाई प्रमुख अतिथि, अध्यक्ष बिजेन्द्रमान श्रेष्ठ, नेपाल पावर लिफ्टिङ्ग संघ प्रतियोगिता संचालन समितीका सचिब सुरेश सुवेदी, रुपन्देही जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघका अध्यक्ष सितु प्रसाद श्रेष्ठले प्रमाणपत्र, ट्रफी. मेडल सहित नगद पुरस्कार प्रदान गरे । प्रतियोगिताको मुख्य प्रायोजन सनराइज बैंकले गरेको थियो । साे प्रतियोगिताकाेे निर्णय मुख्य निर्णायक बुध्दिजंग कार्की, निर्णायकमा शिवध्वज राई ,केशब बहादुर शाक्य, राज कुमार श्रेष्ठ, सुरज श्रेष्ठ र सुकदेव कार्किले गरेका थिए ।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, आश्विन १७ २०७८०८:१३:४७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij