बर्दिया । पछिल्लो समय सामाजिक सञ्जालमा भाईरल बनेको बर्दियामा विद्यालय जादै गरेका विद्यार्थीको तस्वीर सामाजिक संजालमा व्यापक शेयर भए पछि ग्याङ नदिमा पुल बन्ने भएको छ। बासगढी नगरपालिकाको थुम्नि र बारबर्दियाको खैरेनि जोड्ने ग्याङ नदिमा बादबालिकाले खोला तरेर विद्यालय जादै गरेको तस्विर भाईरल भएपछि बर्दिया जिल्लाको बारबर्दिया नगरपलिकाले आफ्नो ध्यानआकर्षण भएको जनाएको छ । उक्त तस्वीर भाइरल बनेपछि बांसगढी नगरपालिकाको थुम्नी गाउँ र बारबर्दिया नगरपालिकाको खैरेनी गाउँसंग जोड्न ग्याङ नदिमा यसै साल झोलुङ्गे पुल निर्माणको कार्य प्रारम्भ गरिने बार बर्दिया नगरपालिकाका नगर प्रमुख दुर्गाबहादुर थारूले प्रतिवद्धता व्यक्त गर्नुभएको छ । बासगढी नगरपालिका १ सय ३३ जना विद्यार्थीहरू ज्यान जोखिममा राखेर खोला तरेर बारबर्दियाको वडा नं ९ मा रहेको अमर शहिद दशरथ चन्द माविमा अध्यनका लागि जादै गरेको तस्विर समाजिक सञ्जालमा भाईरल बनेको थियो । सो तस्वीर भाइरल भएपछि नगर प्रमुख थारूले यसै साल झोलुगेपुल निर्माण गरिने प्तिवद्धता व्यक्त गर्नुभएको हो । उता बासगढि नगरपालिकाले भने यस बारेमा आफ्नो धारणा सार्वजनिक गरेको छैन । शिक्षा र विकासको ठुलो नारा लगाउने बासगढी नगरपालिका यस्तो हृदय बिदारक तस्वीर भाईरल हुँदा समेत मुख नखोल्दा चौतर्फीरुपमा आलोचना समेत भइरहेको छ । यता, तस्वीर भाईरल भएको २४ घण्टा भित्र नै बार बर्दिया नगरपालिकाले भने यसै बर्ष झोलुङ्गे पुल निर्माण प्रारम्भ गरिने जनाएको छ । बालबालिकाहरूले दैनिक रुपमा सास्तीपुर्ण यात्रा गरेर अध्ययन गरिरहेको जानकारी पाउना साथ बारबर्दिया नगरपालिकाका नगर प्रमुखले जति सक्दो चाडै पुल निर्माण गर्ने जानकारी गराएको अमर शहिद दशरथ चन्द माविका प्रध्यानाध्यापक छविलाल पोखरेलले बताउनु भयो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij