मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

पाकेटमारको कोडभाषा मोबाइललाई 'कान' प्रहरीलाई 'ठुल्दाई'

पाकेटमारको कोडभाषा मोबाइललाई 'कान' प्रहरीलाई 'ठुल्दाई'

images
  • 497
    SHARES

  • images
    images
    images
    पाकेटमारको कोडभाषा मोबाइललाई 'कान' प्रहरीलाई 'ठुल्दाई'
    images
    images
    images

    काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले २०७ जना पाकेटमारहरुलाई पक्राउ गरी सार्वजनिक गरेको छ। भीडभाड भएको ठाँउ, सार्वजनिक गाडीहरुमा पाकेटमार र चोरी गर्ने कार्यमा संलग्न २०७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीहरु बस तथा माइक्रोबसमा यात्रा गर्ने यात्रुहरु र किनमेल गर्न बजारमा गएकाहरुको पकेट तथा झोलामा रहेका नगद, मोबाइल, गरगहना चोरी गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरले जनाएको छ। पक्राउ गरिएका २०७ जना पाकेटमारलाई प्रहरीले सार्वजनिक गरेको हो। ती मध्ये काठमाडौं जिल्ला अदालतको आदेशपछि ४६ जना धरौटी बुझाउन नसकेपछि कारागार चलान भएको प्रहरीले जनाएको छ। दशैं तिहार चाँडबाँड नजिकिएसँगै नयाँबसपार्क, सपिङ कम्प्लेक्सहरुमा नजिकका क्षेत्रमा समेत पकेटमारहरुको बिगबिगी छ। काठमाडौं प्रहरी परिसरले गत भदौ २५ गते देखि असोज १५ गते सम्म यातायात व्यवसायीहरुसँग सहकार्य गरी सादा पोसाकका प्रहरी कर्मचारीहरुलाई सार्वजानिक सवारी साधन र वजारहरुमा परिचालन गरी पाकेटमाराहरुलाई पकाउ गरेको परिसरका एसएसपी अशोक सिंहले बताए। उनीहरुले पकेटमारी गर्दा एक अर्कामा कोडाभाषा प्रयोग गर्ने पाइएको एएसपी सिंहले बताए। उनीहरुले पैसालाई द , मोवाईललाई कान, पकेटमारी पिडितलाई रामे, पकेटमारी गर्ने मास्टरलाई काशी, पैसा धेरै छ लाई टानको द , पैसा थोरै छ लाई जुटको द जस्ता सांकेतिक भाषा प्रयोग गर्ने गरेका थिए। यस्तै गाडीलाई कांचा, केटालाई छापा, केटीलाई भद्रि, पुलिस आयोलाई ठूल्दाई आयो, ड्राईभरलाई माम, खलासीलाई मले गाडीवाट झरेर भागलाई टप्की गाडी भित्र, अगाडी सरलाई अकल जा, गाडी भित्र पछाडी सरलाई चिछल जा जस्ता सांकेतिक भाषा प्रयोग गर्ने गरेका थिए।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, आश्विन १८ २०७८०८:४६:२७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij