मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

नेकपा एमालेद्वारा मोतिपुर औद्योगिक क्षेत्रमा भएको जग्गा अतिक्रमण रोक्न माग

नेकपा एमालेद्वारा मोतिपुर औद्योगिक क्षेत्रमा भएको जग्गा अतिक्रमण रोक्न माग

images
  • 285
    SHARES

  • images
    images
    images
    नेकपा एमालेद्वारा मोतिपुर औद्योगिक क्षेत्रमा भएको जग्गा अतिक्रमण रोक्न माग
    images
    images
    images

    बुटवल । बुटवलको मोतिपुर औद्योगिक कोरिडोरको जग्गा अतिक्रमण गरिएकोप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । एमाले बुटवल उपमहानगर कमिटीले आइतबार विज्ञप्ती जारी गर्दै मोतिपुर औद्योगिक कोरिडोरलगायत विभिन्न सार्वजनिक जग्गामा भइरहेको अतिक्रमणप्रति आपत्ति प्रकट गरेको हो । एमाले बुटवल उपमहानगर कमिटी अध्यक्ष बाबुराम पन्थीद्वारा जारी विज्ञप्तीमा वर्तमान सत्ता गठबन्धनको आडमा अतिक्रमण भैरहेको भन्दै यसलाई रोक्न र अव्यवस्थित बसोबासी तथा भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन माग गरिएको छ । 'नेपालको संविधानको धारा ४० (५) ले ग्यारेन्टी गरेको भूमि तथा आवासको अधिकारलाई कुण्ठित गर्ने गरी वर्तमान सरकाले गरेको षड्यन्त्रप्रति एमाले गम्भीर आपत्ति व्यक्त गर्दछ, 'विज्ञप्तीमा भनिएको छ । पूर्ववर्ती नेकपा एमालेको सरकारले भूमि व्यवस्था ऐन, कानुनबमोजिम गठन गरेको आयोगलाई एमालेसँग प्रतिशोध लिने गरी निस्क्रिय बनाउनु भूमिहीन नागरिकप्रति वर्तमान सरकारले गरेको गम्भीर घात भएको ठहर गर्दै विज्ञप्तीमा भूमिहिन सुकुम्बासी अव्यवस्थित वसोवासीहरुको समस्या समाधान गर्न र सार्वजनिक जग्गा संरक्षण गर्न ध्यानाकर्षण गराइएको छ ।मेचिकाली दैनिक बाट

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, आश्विन २० २०७८०८:५७:५३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij