मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सुकुम्बासी समस्याको स्थायी समाधान माओवादी गर्छ : टंकमणी

सुकुम्बासी समस्याको स्थायी समाधान माओवादी गर्छ : टंकमणी

images
  • 464
    SHARES

  • images
    images
    images
    सुकुम्बासी समस्याको स्थायी समाधान माओवादी गर्छ : टंकमणी
    images
    images
    images

    देवदह । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का रुपन्देही जिल्ला इन्चार्ज राम प्रसाद बन्जाडे 'टंकमणी' ले सुकुम्बासीको समस्याको स्थायी समाधान माओवादीले मात्रै गर्न सक्ने बताएका छन् । बुधबार देवदहमा आयोजित अखिल नेपाल सुकुम्बासी संघ देवदहको दोस्रो भेलालाई सम्बोधन गर्दै नेता टंकमणीले उक्त कुरा बताएका हुन् । माओवादी भुमिहिन, सुकुम्बासी, मजदुर र किसानको पार्टी भएको उल्लेख गर्दै नेता टंकमणीले पार्टी सधै आफ्नो आधारभुत बर्गको साथमा रहेको बताए । स्थानीय पार्टी नेताहरूलाई निर्देशन दिंदै उनले पार्टी निर्माण गर्ने क्रममा भुमिहिन सुकुम्बासीलाई महत्व दिन र उनीहरूलाई नेतृत्वदायी भुमिका दिनुपर्ने बताए । उक्त भेलाले बम बहादुर श्रीस अध्यक्ष , र शिव रिजाल सचिव रहेको २९ सदस्यीय कमिटी गठन भएको संघका जिल्ला अध्यक्ष चोडाप्रसाद चापागाईंले जानकारी दिए । उक्त भेलामा संगठनका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज भरत तिवारी, पार्टी क्षेत्रीय इन्चार्ज मोतिलाल ढकाल, नगर पार्टी संयोजक केदारनाथ काफ्ले लगायतले बोलेका थिए । कार्यक्रम संगठनका जिल्ला अध्यक्ष चुडाप्रसाद चापागाईंलेको अध्यक्षता तथा गणेश विश्वकर्माको संचालनमा सम्पन्न भएको थियो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, आश्विन २० २०७८०५:५३:२०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij