मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

नेपाली शारीरिक सुगठनका अग्रज खेलाडीहरु सम्मानित

नेपाली शारीरिक सुगठनका अग्रज खेलाडीहरु सम्मानित

images
  • 331
    SHARES

  • images
    images
    images
    नेपाली शारीरिक सुगठनका अग्रज खेलाडीहरु सम्मानित
    images
    images
    images

     

    काठमाडौ । नेपाली शारीरिक सुगठन खेल पिता तथा अमर शहीद धर्मभक्त माथेमाको जन्मदिन असोज ९ गते पारेर मनाइएको प्रथम राष्ट्रिय शारीरिक सुगठन तथा शक्तितोलन दिवस २०७८ को अवसर पारेर व्यायाम व्यवसायी संघ, काठमाण्डौँले शारीरिक सुगठन खेलको उत्थानमा निरन्तर लागि रहनुभएका नेपालका अग्रज खेलाडी श्री शिवलाल श्रेष्ठ निर्णयक, श्री गोविन्द चित्रकार, तथा खेल  फोटोग्राफर श्री श्याम चित्रकार लाइ आज आयोजित कार्यक्रममा सम्मान गरेको छ । पूर्वमन्त्री कृष्ण गोपाल श्रेष्ठ ज्युको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा बिशेष अतिथी पूर्व अतिरिक्त प्रहरी महानिर्देशक श्री विजयलाल कायस्थ, अतिथि नेपाल शारीरिक सुगठन तथा फिटनेस संघका महासचिव श्री राजन श्रेष्ठ,  NFBF का महासचिव श्री अजय बज्राचार्य, नेपाल भारत्तोलन सङ्घका सचिव श्री कुमार श्रेष्ठ, भक्तपुर शारीरिक सुगठन सघका अध्यक्ष बाबुकाजी मानन्धर, NYFC नेपाल का फाउन्डर सुकदेब कार्की लगायतका उपस्थिति रहेको थियो ।

    images
    images
    images

    No description available.

    नेपाली शारीरिक सुगठन खेलका पिता तथा अमर शहीद धर्मभक्त माथेमाको तस्वीरमा माल्यार्पण गर्दै सुरु भएको उक्त  कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्वमन्त्री कृष्णगोपाल श्रेष्ठले पुराना अग्रज पुस्ताहरुको सम्मान कार्यक्रमहरुबाट खेलको माध्यमबाट राष्ट्रको लागि केहि योगदान गरौ भन्ने भावना हरेक खेलाडीमा जागृत  हुने विश्वास ब्यक्त गर्नुभयो । 

    सम्मानित अग्रज ब्यक्तित्व तथा प्रथम मिष्टर नेपाल शिबलाल श्रेष्ठले यस प्रकारको कार्यक्रम निरन्तर रुपमा आयोजना गर्न र ओझलमा परेका अन्य अग्रज पुस्ताका खेलाडीहरुलाई अगाडि ल्याइ सम्मान दिन सुझाव दिएका थिए । व्यायाम व्यवसायी संघ काठमाण्डौँका सचिव जगन्नाथ अधिकारीले  अतिथिहरुलाइ स्वागत  गर्दै नयाँ पुस्ताले बिर्सिन लागेका शारीरिक सुगठन खेलमा महत्त्वपूर्ण योगदान पुर्याउने अग्रज ब्यक्तिहरुलाई संघले  हरेक बर्ष सम्मान गर्ने जानकारी गराए । 

    संघका सदस्यहरूलाइ सदस्यताको‌ प्रमाणपत्र बितरण गर्नुका साथै उक्त अवसरमा २०७७ सालमा एसईई परीक्षामा उत्तीर्ण गरेका व्यायाम व्यवसायी संघमा आबद्ध सदस्यका छोराछोरीहरु लाई पनि सम्मान गरिएको थियो । उक्त अवसरमा SEE उतिर्ण गरी सम्मान हुने श्रेयना अधिकारीले आफूले पाएको साम्मानबाट आफूलाई आगामी दिनमा अझै राम्रो गर्ने हौसला मिलेको बताइन । 

    सम्मान छनौट समितिका संयोजक श्री बुद्धि जंग कार्कीले नेपाल शारीरिक सुगठन खेलकाे इतिहास खाेजकर्ता तथा रुपन्देही जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष श्री सितु प्रसाद श्रेष्ठसंग बिशेष सुझाव लिनुका साथै  बिभिन्न ब्यक्तिहरुसंग सल्लाह र सुझाव लिइ अग्रज व्यक्तित्वहरूको छनौट गरेको जानकारी गराउनुभयो । 

    उक्त अवसरमा धन्यवाद ज्ञापन गर्दै सङ्घका अध्यक्ष तथा कार्यक्रमका सभापति श्री सूरेश सुबेदीले व्यवसायिक हकहितका लागि गठित यस संघले व्यवसायिक हक हितका लागि पहल गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आयोजना गरी देशको नाम संसारमा चिनाउन सक्ने खेलाडी उत्पादन गर्ने योजना रहेको बताउनुभयो ।

    करिब १२० जना जति ब्यायाम व्यवसायीहरुको उपस्थिति रहेको सोही अवसरमा २०७७ साल  चैत २८ गते आयोजना गरिएको स्वर्गीय रुप कार्की मेमोरियल स्ट्रोङ्गेष्ट पावरलिफ्टिङ्ग मिट २०७७ का निर्णायक, प्रायोजक, स्वयंसेवक तथा सहयोगी संघसंस्था तथा व्यक्तित्वहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । 

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, आश्विन २३ २०७८०८:४७:३३
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij