बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

दशै नजिकिदै गर्दा दुर्घटना बढ्यो : मुगुमा बस दुर्घटनामा परि १६ जनाको मृत्यु

दशै नजिकिदै गर्दा दुर्घटना बढ्यो : मुगुमा बस दुर्घटनामा परि १६ जनाको मृत्यु

दुर्घटना

images
  • 344
    SHARES

  • images
    images
    images
    दशै नजिकिदै गर्दा दुर्घटना बढ्यो : मुगुमा बस दुर्घटनामा परि १६ जनाको मृत्यु
    images
    images
    images

    मुगु । नेपालगन्जबाट मुगुका लागि छुटेको बस छाँयानाथ रारा गाउँपालिका– ७ दुर्घटनाग्रस्त भएको छ । दुर्घटना आज दिउँसो २ बजेतिर भएको हो । छाँयानाथ रारा गाउँपालिका– ७ स्थित पिनागाउँमा भे १ ख ६७ नम्बरको बस दुर्घटना भएको हो । सो दुर्घटनामा कम्तिमा १६ जनाको मृत्यु भएको छ भने डेढ दर्जन जति यात्रु घाइते भएको प्रहरीले जनाएको छ । बस नेपालगञ्जबाट दशैँमा घर फर्किएका यात्रु बोकेर मुगु सदरमुकाम गमगढीतर्फ जाँदै गरेको थियो । प्रारम्भिक जानकारी अनुसार भिरालो बाटोका कारण बस दुर्घटना भएको देखिएको छ । अहिले घटनास्थलमा घाइतेहरुको उद्धार कार्य भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको मुगु प्रहरीले जनाएको छ । यसै बिच सोमबार पोखराको घान्द्रुकमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको थियो।

    images
    images

    निर्मल (एसपी) थापा

    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij