मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

मुगु बस दुर्घटना : प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन

मुगु बस दुर्घटना : प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन

images
  • 325
    SHARES

  • images
    images
    images
    मुगु बस दुर्घटना : प्रदेश प्रहरीद्वारा छानबिन समिति गठन
    images
    images
    images

    मुगु । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले मुुगुमा मंगलबार भएको बस दुर्घटनाको छानबिन गर्न समिति गठन गरेको छ । बस दुर्घटनाको सत्यतथ्य पत्ता लगाई १० दिनभित्र प्रतिवेदन पेस गर्न प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको सो कार्यालयले जनाएको छ । समितिमा प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक जीवन लामिछाने र प्रदेश ट्राफिक प्रहरी कार्यालयका हबल्दार हरि लामिछाने सदस्य छन् । नेपालगन्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको छायाँनाथ रारा यातायात प्रालिद्वारा सञ्चालित भे१ख ३१६७ नम्बरको उक्त बस मंगलबार जुम्ला–मुुगु सडकखण्डमा पर्ने पिनातपने खोलामा दुर्घटना हुँदा ३२ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएका थिए । समितिले घटनाको अनुसन्धान प्रतिवेदन तयार गरी प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरसमक्ष पेस गर्नेछ । चालकको सिटमुनिको टायर पङ्चर भई दुर्घटना भएको प्रारम्भिक अनुमान गरिए पनि छानबिन समितिको स्थलगत अनुसन्धान प्रतिवेदनका आधारमा वास्तविक कारण पत्ता लाग्ने बताउँदै प्रहरी नायब महानिरीक्षक ऐरले भने, ‘बस, सडक वा चालक कसको के कमजोरीका कारण दुर्घटना हुन पुग्यो, त्यसको अध्ययन हुनेछ ।’ रासस

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, आश्विन २८ २०७८०२:४१:२६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij