मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

आज मिति २०७८ असोज २९ गते शुक्रबारको राशिफल हेनुहोस

आज मिति २०७८ असोज २९ गते शुक्रबारको राशिफल हेनुहोस

images
  • 184
    SHARES

  • images
    images
    images
    आज मिति २०७८ असोज २९ गते शुक्रबारको राशिफल हेनुहोस
    images
    images
    images

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभदायक यात्रा हुनेछ । बिना प्रतिस्पर्धा फाइदा हुनेछ । परिवारसँग रमाइलो भेटघाट हुनेछ । रोकिएको काम पुनः प्रयत्न गर्दा फाइदा हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज भ्रमण, खानपान तथा फेसनमा धन खर्च बढ्ने छ । राजनैतिक कार्यमा बाधा आउनेछ, तर आफन्तसँग भेटघाट भने हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज पारिवारिक जीवन सन्तोषप्रद रहने छ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने छन् । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) हर्ष र प्रसन्नताका बीचमा समय व्यतीत हुनेछ । कूटनीतिक नियोगको र आफन्तको सहयोग प्राप्त हुनेछ । साहित्यिक क्षेत्रमा रुचि बढ्ने छ । धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज चिताएको कामले तीव्रता लिनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । आम्दानी बढाउने काम सुरु गर्न सकिने छ । कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । गरेका काममा ढिलासुस्ती हुनेछ । यात्रा कष्टकर हुनसक्छ र मालसामान पनि हराउन सक्छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभारम्भको चर्चा चल्ने छ । अतिथिको रूपमा सत्कार पाइएला । भौतिक साधन जुटाउने समय छ । लाभदायी र रमाइलो यात्रा पनि रहला । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनसक्छ । कला र गलाको प्रभाव बढ्ने छ । शुभ समाचार सुन्न पाइएला । ब्यापार व्यवसायबाट आम्दानी हुनेछ । कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्ने छ । मित्रजनबाट साथ सहयोग मिल्ने देखिन्छ । सवारी साधन प्राप्तिको योग छ । वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज सुन्दर पहिरनले व्यक्तित्वका निखारता ल्याउनेछ । जोश, जाँगर र हिम्मत बढ्ने छ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने छ । मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि) आज नजिकको मित्रसँग भेटघाट हुनेछ । चिन्ता छाडेर चिन्तन गर्ने समय छ । कुनै कुराले मनमा शान्ति छाउने छ । धर्म र आस्था बढ्ने छ । मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धेरै समय पछि आफन्तसँग भेटघाट हुनेछ । प्रेमीको सहयोग पाइनेछ । आँटेको र ताकेको कार्य पुरा होला । राजनीतिक कार्यमा सफलता मिल्ने छ ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, आश्विन २९ २०७८०८:००:३६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij