बुटवल । बुटवलबाट तम्घास जांदै गरेको जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । बुटवलबाट तम्घास तर्फ जांदै गरेको जिप बिहीवार राती ११ बजे रेसुङ्गा नगरपालिका १० स्थित छहरामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको हो । बुटवलबाट तम्घास तर्फ जांदै गरेको लु १ ज ४४९० नम्बरको जिप सडकदेखी ५ सय मिटर तल खसेको थियो।उक्त दुर्घटनामा परि ३ जनाको मृत्यु र अन्य ६ जना घाइते भएका छन् । दुर्घटनामा मृत्यु हुनेहरुमा ७० बर्षिय क्षेत्र बहादुर थापा, ४६ बर्षिया राधिका थापा र १९ बर्षिया संगिता सुनार रहेका छन् दुर्घटनामा परेर घाईते हुनेहरुमा मुसिकोट न.पा २ बस्ने २६ बर्षिय कमल थापा, सोही स्थानका ४३ बर्षिया खिमा थापा, ३८ बर्षिया खिमा थापा, ३६ बर्षिय राजु थापा र मुसिकोट न.पा ३ नेटा बस्ने ४७ बर्षिया सुमित्रा सुनार र चितवन भरतपुर स्थित ५० बर्षिया राधा के. सी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । मृतक ३ जनाको उपचारको क्रममा मृत्यु भएको जनाईएको छ । दुर्घटनास्थलमा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक गोपाल चन्द्र भट्टराईको कमाण्डमा २० जना प्रहरी, सशत्र प्रहरीबल उर्लेनी गुल्मबाट सहायक प्रहरी नायब उपरिक्षक ध्रुब भुषालको कमाण्डमा १० जना र संग्राम सार्दुल गुल्म धागिथुमबाट उपसेनानी हिक्मत बहादुर चन्दको कमाण्डमा १२ जनाको टोली उद्दार कार्यमा खटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij