मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

कोलकातालाई हराउँदै चेन्नाईले जित्यो आइपिएलको उपाधि

कोलकातालाई हराउँदै चेन्नाईले जित्यो आइपिएलको उपाधि

खेलकुद

images
  • 493
    SHARES

  • images
    images
    images
    कोलकातालाई हराउँदै चेन्नाईले जित्यो आइपिएलको उपाधि
    images
    images
    images

    एजेन्सी ।महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नाईले १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि हात पारेको छ । फाइनलमा कोलकाता नाइट राईडर्स माथि २७ रनको फराकिलो जित दर्ता गर्दै चेन्नाईले चौथो पटक आईपीएलको उपाधि चुम्न सफल भएको हो । खेलमा टस हारेर पहिले ब्याटिङ गरेको चेन्नाईले पुरै २० ओभर खेल्दै तीन विकेटको नोक्सानीमा १९२ रनको विशाल योगफल तयार पाय जबाफी ब्याटिङ गरेको कोलकाताले पुरै २० ओभर खेल्दै नौ विकेटको नोक्सानीमा १६५ रनमात्र बनाउन सक्यो । कोलकाताको तर्फबाट ओपनरद्वय भेन्कटेश ऐयर र शुबन गिल दुवैले अर्धशतकीय पारी खेले पनि त्यस पछिका ब्याट्सम्यानले उल्लेख्य योगदान दिन नसक्दा कोलकाता उपविजेतामा सीमित हुन पुग्यो । गिलले ४३ बलमा सर्वाधिक ५१ तथा ऐयरले ३२ बलमा ५० रनको पारी खेले । चेन्नाईको तर्फबाट ओपनर फाफ डु प्लेसिसले सर्वाधिक ८६ रन बनाए । ५९ बलको सामना गरेका उनले सात चौका र तीन छक्का प्रहार गरे । डु प्लेसिसले बाहेक मोएन अलीले अविजित २७, रुतुराज गाइकवाडले ३२ तथा रोबिन उथप्पाले १५ बलमा ३१ रनको योगदान दिए । कोलकाताका सुनिल नारायणले सर्वाधिक दुई तथा शिवम मावीले एक विकेट आफ्नो नाममा दर्ता गराए ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, आश्विन ३० २०७८१२:४७:४७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij