मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

मदिरा सेवन गरेर प्रहरीलाई आक्रमण : सात प्रहरी घाइते

मदिरा सेवन गरेर प्रहरीलाई आक्रमण : सात प्रहरी घाइते

images
  • 493
    SHARES

  • images
    images
    images
    मदिरा सेवन गरेर प्रहरीलाई आक्रमण : सात प्रहरी घाइते
    images
    images
    images

    रुकुम । युवाको आक्रमणबाट रूकुम पश्चिममा प्रहरी सहायक निरीक्षकसहित ७ प्रहरी घाइते भएका छन् । मदिराले मातेका युवालाई नियन्त्रणमा लिन खोज्दा प्रहरीसँग झडप भएको हो । गएराति मुसिकोट नगरपालिका वडा नम्बर १ बागबजार नजिकै पार्किङ गरी राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरी र युवाहरुबीच झडप भएको हो। झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहोरासहित सात जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। घाइते भएका सहायक प्रहरी निरीक्षक बोहोरालाई स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाण्डौ ल्याइएको छ। बाँकी ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ। घटनामा संलग्न ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ। चार जना भागेका छन्।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, आश्विन ३० २०७८०५:३८:२१
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij