वीरगन्ज । वीरगन्ज पथलैया सडकखण्ड अन्तर्गत बाराको भोलहीमा ट्याङकरले कारलाई ठ’क्कर दिँदा ३ जनाको मृ’त्यु भएको छ। बाराको जितपुरसिमरा उपमहानगरपालिका २३ भोलहीमा शुक्रबार राति ११ बजे पथलैयाबाट वीरगन्ज आउँदै गरेको ना ३ ख ७५९४ नम्बरको ट्याङकरले विपरीत दिशाबाट आउँदै गरेको बी आर ०६ सी क्यु ४१४१ नम्बरको कारलाई ठक्कर दिएको हो। मृ’त्यु हुनेहरुमा कारका चालक भारत बिहारको मोतीहारीका ३४ वर्षीय राजन सर्राफ, कारमा सवार २५ वर्षीय सुरज प्रसाद र २७ वर्षीय कृत सिंह रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक सुरेन्द्र यादवले जानकारी दिए। मृ’तक मध्येका सुरज प्रसाद र कृत सिंहको भने ठेगाना खुल्न नसकेको यादवले बताए। ट्याङकरका चालक भने फरार रहेको र उनको खोजी भइरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए। कार चालक राजनलाई उपचारका लागि वीरगन्ज ल्याउने क्रममा बाटोमै तथा सुरज प्रसाद र कृत सिंहको भने वीरगन्ज स्थित बयोधा अस्पतालमा उपचारका क्रममा मृ’त्यु भएको हो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij