धादिङ । निलकण्ठ नगरपालिका १० धादिङकी ३५ बर्षिय अप्सरा पल्लीको शव ४ दिन देखि टिचिङ अस्पतालमा रहेको छ। पल्लीलाई यहि असोज २७ गते अष्टमीको दिन सामान्य बिरामी भए पछि धादिङ जिल्ला अस्पतालमा भर्ना गरिएको र थप उपचारका लागि काठमाडौ टिचिङ अस्पतालमा रिफर गरिएको थियो। काठमाडौ टिचिङ अस्पतालमामा उपचारको क्रममा असोज २८ गते बिहान पल्लीको निधन भएको थियो। पेटमा ८ महिनाको वच्चा समेत रहेको उनको घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएकोले मृत्यु भएको ४ दिन भैसक्दा समेत घर सम्म ल्याउन नसकिएको आफन्तको भनाई छ। कोरियामा रहनु हुने लाफाहरुले म अनिल लाई sms गर्न सक्नु हुनेछ। यसै बिच मगर संसार फोटो ग्यालरीका संस्थापक युवा समाजसेवि अनिल लामिछानेले अप्सराको शवलाई धादिङ सम्म ल्याउनको आर्थिक संकलन अभियान चलाएको र सहयोगको लागि अपिल गरेका छन् । तपाईहरुले सहयोग गर्न चाहानु हुन्छ भने.. सम्पर्क नम्बर:- 9843684810 खाता नम्बर: A487888471524001 बैंक:- NIC ASIA BANK Hakim choke branch Bharatpur. नाम:- Ranjita magar रकम डिपॉजिट गरेपछि भौचर अनिल लामिछाने मगरलाई अनिवार्य दिनु हुन अनुरोध गर्दछौं ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij