मगर संसार(Magar Sansar) फोटो ग्यालरी ग्रुपद्वारा आयोजित ३४ औ अनलाइन प्रतियोगिता सम्पन्न भएको छ। यही असोज २७ गते देखी सुरु भएको प्रतियोगीता असोज ३० गते सम्म भोटिंग समय राखी प्रतियोगीको फोटोमा आएको लाइकको आधारमा बिजयी छनोट गरिएको थियो। प्रतियोगितामा बिश्व भरी बाट १२१ जना मगर प्रतियोगी लाफाहरूको सहभागी रहेको उक्त प्रतियोगितामा १२० जना प्रतियोगीलाई पछि पार्दै पोखरा की इन्जु मगर प्रथम हुन सफल भएकी छिन।इंजुले २३०७ मत प्राप्त गरेकी थिइन। भने पुरस्कार स्वरूप रु.३,००० र सम्मान पत्र प्राप्त गर्ने छिन। त्यसै गरी दोस्रो बिजेता भने गुल्मी सत्यवती भार्सेकी दीपा चितौरे मगर बनेकी छीन।दीपाले २२६० मत प्राप्त गरेकी थिइन। भने पुरस्कार रु.२,००० र सम्मान पत्र प्राप्त गर्ने छिन। त्यसै गरी तेस्रो विजेता भने स्याङ्जा हरिनास की मोनिका थापा मगर बनेकी छीन ।मोनिकाले 2132 मत प्राप्त गरेकी थिइन। भने पुरस्कार रु.१००० र सम्मान पत्र प्राप्त गरेकी छीन। त्यसै गरी उत्कृष्ट ४ मा गुल्मीकी अनुम रेश्मी मगर र उत्कृष्ट ५ मा बुटवल गोलपार्क की पदमा दर्लामी मगर बनेकी थिइन। त्यसै गरी सबै भन्दा कम like ल्याई बिजेता भने भिमाद १,तनहुकी बेलिसरा थापा मगर बनेकी छीन उनले जम्मा ३० मत ल्याईकी थिइन।उनले पुरस्कार रु.५०० र सम्मान पत्र प्राप्त गरेकी छीन। भेषभूषामा एकरूपता र बिश्व ब्यापि अभियान स्वरूप भाबी पुस्ता लाई हस्तांतरण,पहिचानको संरक्षण कसरी गर्न सकिन्छ भनी प्रतियोगिता आयोजना गरी सकारात्मक सन्देश दिन खोजेको अध्यक्ष अनिल लामिछाने मगरले जानकारी दिनुभएको छ। प्रतियोगिता सफल पार्न प्रथम पुरस्कार सौजन्य बबिन पुनमगर बागलूङ बाट,दोस्रो पुरस्कार शिबराज घर्ती मगर रोल्पा बाट र तेस्रो र कम like बिजेता पुरस्कार सौजन्य राजेन्द्र रोका मगर प्यूठान बाट गर्नु भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij