मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

वैद्यलाई भेट्न प्रचण्ड पुगे नर्भिक अस्पताल

वैद्यलाई भेट्न प्रचण्ड पुगे नर्भिक अस्पताल

images
  • 314
    SHARES

  • images
    images
    images
    वैद्यलाई भेट्न प्रचण्ड पुगे नर्भिक अस्पताल
    images
    images
    images

    गुराँस मिडिया । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दमको समस्याले अस्पताल भर्ना भएका नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन स्वास्थ्य अवस्था बुझेका छन् । प्रचण्डले थापाथलीस्थित नर्भिक अस्पताल पुगेर वैद्यको स्वास्थ्यलाभको कामना गरेका हुन् । दम बढेपछि शनिबार साँझ अस्पताल भर्ना भएका वैद्यको स्वास्थ्य अवस्था बुझ्नका लागि दाहाल सोमबार अस्पताल पुगेका हुन् । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार वैद्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । चिकित्सकहरूले वैद्यको स्वास्थ्य अवस्था क्रमशः सुधारोन्मुख रहेको जानकारी दिएको र अझै केही दिन अस्पतालमा नै राखेर उपचार गर्नुपर्ने जानकारी दिएको उनले बताए । वैद्यको स्वास्थ्य अवस्था बुझ्नका लागि दाहालसँगै स्थायी कमिटी सदस्य मातृका यादव पनि अस्पताल पुगेका थिए । यसअघि आइतबार बेलुकी प्रतिनिधिसभा सभामुख अग्नीप्रसाद सापकोटाले वैद्यलाई भेटेका थिए । स्वास्थ्यमा समस्या आएपछि आइतबार बिहान वैद्यलाई नर्भिक अस्पताल भर्ना गरिएको हो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, कार्तिक १ २०७८०१:१६:१२
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij