महेन्द्रनगर । महाकाली नदीमा निर्माणाधीन चार लेनको पुलको पहुँच मार्ग भत्किएको छ । महाकाली नदीमा पानीको उच्च वहाव पुलदेखि झण्डै दुई सय मिटर उत्तर बैजनाथ मन्दिर क्षेत्रमा पहुँच मार्ग भत्किएको हो । पहुँच मार्ग भत्किएपछि महाकाली नदीको बाढी वस्तीमा पसेको छ । स्थानीयका अनुसार भीनपा १२ को वडा कार्यालय, अस्फाल प्लान्ट एरिया र आयोजना क्याम्पमा पनि बाढी पसेको छ । गड्डाचौकीदेखि पुलसम्मको ६ लेन सडक भाइरल मार्गका रुपमा परिचित छ । सडक भत्किएपछि स्थानीयले ठेकेदार कम्पनीमाथि बदमासीको आशंका गरेका छन् । ठेकेदार कम्पनीले सडक बनाउँदा नदीको वहाव थेग्न नसक्ने गरी कमजोर संरचना बनाएको स्थानीयको आशंका छ । कमजोर संरचना निर्माण गरिएका कारण पहुँच मार्ग अन्य खण्ड पनि भत्किने सम्भवना देखिएको छ । यस अघि बाढीले पुलको दुबैतिर जोड्ने पहुँच मार्ग भत्काएको थियो । ठेकेदार कम्पनीले पहुँच मार्ग संरक्षणका लागि ठूला ढुङ्गा व्यवस्थापन गर्न नसकेपछि केही महिना अघि मात्रै पहुँच मार्ग भत्काएको थियो । कुमार सिएफइसी जेभीले जेभीले २०७४ मा पुल निर्माणको ठेक्का लिएको थियो । तीन वर्षमा निर्माण कार्य सक्ने गरी ठेकेदार कम्पनीले सम्झौता गरेको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij