पाल्पा ३,गुराँस मिडिया। पाल्पामा पछिल्लो २ दिनमा २ बलात्कारको घटना सार्वजनिक भएको छ। तानसेन नगरपालिका ३ भगवती टोलमा बसेर झारफुक गर्ने तनहुँ जिल्ला शुक्लागण्डकी नगरपालिका वडा नं. १० खैरेनीका ३२ वर्षिय केदार रनपाललाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।झारफुक गर्ने बहाना बनाएर महिलालाई जबर्जस्ती क,’रणी गर्ने रनपाललाई प्रहरीले पक्राउ गरेको हो । रनपालले सोमबार राति साढे १० बजे तानसेन बस्ने ३० वर्षकी महिलाको कोठामा गएर झारफुक गर्ने बहानामा जबर्जस्ती बलात्कार गरेका थिए । पक्राउ परेका पुरुषले ज,बर्जस्ती गरेको भनी ती महिलाले छिमेकीलाई जानकारी गराएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए ।लगत्तै उनलाई मंगलबार बिहान २ बजेतिर पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । गत कार्तिक १ गते सोमबार मात्रै प्रहरीले १३ वर्षकी बालिकालाई ज,’बर्जस्ती क,’रणी गरेको आरोपमा तानसेन–११, का २० वर्षिय प्रेम सुनारलाई पक्राउ गरेको थियो ।बलात्कारको घटना एक पछि अर्को गर्दै वृद्धि भए पछि प्रहरीले थप सतर्कता अपनाएको जानकारी दिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij