मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

सुत्केरी महिलाको शव ब्यवस्थापन गर्न मगर संसारको सहयोग

सुत्केरी महिलाको शव ब्यवस्थापन गर्न मगर संसारको सहयोग

मगर संसारको पहलमा ८६ औं सहयोग हस्तांतरण

images
  • 715
    SHARES

  • images
    images
    images
    सुत्केरी महिलाको शव ब्यवस्थापन गर्न मगर संसारको सहयोग
    images
    images
    images

    धादिङ । निलकण्ठ नगरपालिका १० धादिङकी ३५ बर्षिय अप्सरा पल्ली मगरको शव मगर संसार ग्रुपको आर्थिक सहयोगमा ब्यवस्थापन गरिएको छ। मगर संसार ग्रुपका संस्थापक अनिल लामिछाने मगरको पहलमा रकम संकलन गरि मृतकको आफन्तलाई हस्तान्तरण गरिएको हो। पेटमा ८ महिनाको बच्चा रहेको पल्लीलाई असोज २७ गते अष्टमीको दिन सामान्य बिरामी भई उपचारको लागि काठमाडौ टिचिङ अस्पतालमा लगिएको र उपचारको क्रममा निधन भएको थियो। अप्सराको शव निकाल्न (ब्यस्थापन गर्न) रकम अभाव भए पछि ४ दिन देखि शव अस्पतालमै रहेको थियो। मगर संसारका पुराना एडमिन रन्जु मगर मार्फत शव ब्यवस्थापनका लागी सहयोग आह्वान गरिए पश्चात् संकलन भएको ५१ हजार ६ सय ५० रुपैयाँ मृतकका आफन्तलाई हस्तान्तरण गरिएको थियो। सहयोग रकम पठाउनु हुने मनकारी सहयोगीहरुको नामावली यस प्रकार रहेको छ। कोरियामा मात्र संकलित कोरियन वोनमा १) कृष्ण पचभैया मगर - गुल्मी रुरु-६ 👉 30,000/-वोन २) बिजय थापा मगर - कालीगण्डकी ६,स्याङजा 👉 21,000/- वोन ३) अमृत दिसा मगर - बुटवल 👉 20,000/- वोन ४) चन्द्र मगर - भैरहवा रूपनदेही 👉 1,10,000/- वोन ५) याम पुर्जा मगर -अन्नपूर्ण ४,म्याग्दी 👉 25,000/- वोन ६) जिम्ब मगर - बागलुङ 👉 12,000/- वोन ७) काजीराम राना मगर - गोरखा -७,हिलेपोखरी गोरखा 👉 21,000/- वोन ८) लक्ष्मी बुढाथोकी चिदी मगर - पाल्पा ,बगनास्काली 👉 20,000/- वोन ९) दम्मर रोका मगर - बागलुङ 👉 20,000/-वोन १०) सूरज थापा मगर - रामेछाप 👉 25,000/- वोन टोटल कोरियन वोन:- ३,0४,000/- वोन नेपाली रु.३०,५०३/- मात्र ✅ नेपालमा संकलन भएको सहयोग रकम: 1) बिजय मगर - बागलुङ बसाई पोखरा हाल कोरिया रु.१,५००/- 2) केश राना मगर - पोखरा हाल फ्रान्स रु.५,०००/- 3) सनम आले मगर - काठमाडौ रु.३००/- 4) प्रकाश आले मगर - पोखरा -१५, रु.१००/- 5) ओम थापा मगर - रूपनदेही मंगलपुर रु.१,०००/- 6) कला थापा मगर - बुटवल ,नहरपुर-११ रु.१,५००/- 7) खिम ब.घर्ती मगर - बागलुङ रु.५,०००/- 8) यम थापा मगर - धादिङ नीलकंठ हाल मलेशिया रु.१,५१५/- 9) युदिन सारू मगर - बुटवल रु.१,०००/- 10) बुद्धिमान बुर्जा मगर - सिन्धुली हाल मलेशिया रु.४,२३२/- 👍टोटल रकम रु.२१,१४७/- मात्र  👍टोटल सहयोग रकम :- रु.३०,५०३(कोरिया )+ रु.२१,१४७/-(नेपाल) 👍:- रु.५१,६५०/- मात्र(एकाउन्न हजार छ सय पचास मात्र) रकम तत्काल आवश्यक पर्ने देखिए पछि सहयोग रकम संकलन गरि बैंक मार्फत पठाई सकिएको अभिन्यता अनिल लामिछाने मगरले जानकारी दिनु भयो। मगर संसार ग्रुप मार्फ़त दिन दुखी गरीब बिरामिहरुलाई सहयोग गर्दै आएको र हाल सम्म ८६ जना बिरामी लाई लाखौं रकम संकलन गरेर सहयोग गरिसकेको संस्थापक लामिछाने बताउनुभयो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • बुधवार, कार्तिक ३ २०७८०७:११:१०
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij