देवदह ।रुपन्देहीको देवदह नगरपालिका सेमराहानामा बुद्दको मूर्ति राखिने भएको छ।देवदहको पुरानो क्लब संगम युवा क्लबको भवनआगाडी बुद्ध मूर्ति राखिने भएको हो। सेमराहना मगर समाजले राख्ने बुद्ध मूर्तिको आज एक कार्यक्रमका बिच शिलान्यास गरिएको छ। समाजसेवी चक्रबन्धु थापाले मूर्ति राखिमे स्थानाको शिलान्यास गर्नुभएको हो । कार्यक्रममा नेपाल मगर संघ महिला नगर सचिब बिन्दु थापा, संगम युवा क्लबका अध्यक्ष कवि ज्ञवाली, सचिब प्रितम थापा, रमेस थापा चाहाना आमा समूहकी सचिब झम कुमारी थापा सेमराहाना टोल बिकास संस्थाका अध्यक्ष बिस्नु ज्ञवाली,नेपाल मगर संघका मीन बहादुर थपा,झबिन्द्र थापा, गुराँस मिडिया प्रधान सम्पादक लाल बहादुर थापा लगाएतको उपस्थिती रहेको थियो। मूर्ति स्थापनाका लागि करिब १ लाख रुपैयाँ खर्च हुने र यहि हप्ता मूर्ति राख्ने कामको थालनी गरिने क्लबका अध्यक्ष कवि ज्ञवालीले बताउनुभयो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij