बुधवार, आश्विन १४ गते २०८३

Logo बुधवार, आश्विन १४ गते २०८३
images
images

बाढीपहिरोको कारण देशभर १०१ को मृत्यु,४१ जना बेपत्ता

बाढीपहिरोको कारण देशभर १०१ को मृत्यु,४१ जना बेपत्ता

images
  • 333
    SHARES

  • images
    images
    images
    बाढीपहिरोको कारण देशभर १०१ को मृत्यु,४१ जना बेपत्ता
    images
    images
    images

    काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपहिरोमा परी प्रदेश १ मा ६०, बागमतीमा एक, कर्णालीमा सात, सुदूरपश्चिममा ३१ र लुम्बिनी प्रदेशमा दुई गरी जम्मा १०१ जनाको मृत्यु भएको हो। प्रहरीले दिएको विवरणअनुसार प्रदेश-१ मा १९, कर्णालीमा ४ र सुदूरपश्चिममा १७ गरी ४० जना घाइते भएका छन्। घाइतेको स्थानीय अस्पताल उपचार भइरहेको छ। बाढीपहिरोमा परी प्रदेश १ मा १३, प्रदेश २ मा एक, लुम्बिनीमा तीन, कर्णालीमा एक र सुदूरपश्चिम प्रदेशमा २३ गरी जम्मा ४१ जना बेपत्ता भएका छन्। बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरी प्रवक्ता वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए। बाढीका कारण जम्मा दुई हजार २३२ वटा घर डुबानमा परेका छन्। बाढीपहिरोले ४९ घर, आठ गोठ, छ वटा पुल र तीन वटा सरकारी कार्यालयमा क्षति पुगेको जनाइएको। अहिलेसम्म १३९ पशु चौपायको मरेका छन्। उक्त अवधिमा विपद्का घटनाबाट एक हजार १७७ परिवार विस्थापित भएका छन्। साथै, बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका मानिसलाई सुरक्षित स्थानमा सार्ने र पहिरामा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा प्रहरीले गरिरहेको छ। विभिन्न स्थानमा भएको बाटो अवरोध हटाउने कार्य पनि जारी रहेको जनाइएको छ।रासस

    images
    images

    निर्मल (एसपी) थापा

    • बिहिवार, कार्तिक ४ २०७८०८:०१:१४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij