देवदह,गुराँस मिडिया । रुपन्देहीको देवदहमा दशै विषेश सांस्कृतिक कार्यक्रम हुने भएको छ। 'ड वाइल्ड बिस्ट गाइज' क्लबको आयोजनामा यहि कार्तिक ६ गते शनिबार बृहत सांस्कृतिक कार्यक्रम हुन लागेको हो। देवदह नगरपालिका २ स्थित पेटबनियामा हुन लागेको सांस्कृतिक कार्यक्रममा राष्ट्रिय कलाकार कला राई र डिजे अटुल मगरको प्रस्तुति रहने क्लबका अध्यक्ष सुमन रानाले बताउनुभयो । प्रत्येक वर्ष दशै पुर्णिामाको दिन हुने सांस्कृतिक कार्यक्रम यस वर्ष पनि कार्तिक ३ गते तय गरिएको तर बर्षा र देशभर बाढीपहिरोले निम्त्याएको क्षेतीको कारण पुर्व निर्धाणित समयमा गर्न नसकिएको कार्यक्रम संयोजक प्रबिन थापाले जानकारी दिनुभयो । कार्यक्रम दिउँसो ४ बजे देखि सुरु हुने र निशुल्क प्रवेशको ब्यवस्था रहने कार्यक्रमका संयोजक मेख बहादुर गुरुङले बताउनुभयो । बृहत सांस्कृतिक कार्यक्रम दुर्गा गुरुङ र मोहन गुरुङले संचालन गर्ने क्लबका उपाध्यक्ष सोभित रानाले जानकारी दिनुभयो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij