मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा ढाई अर्बको बुद्धमूर्ति आज राखिदैं

गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा ढाई अर्बको बुद्धमूर्ति आज राखिदैं

images
  • 993
    SHARES

  • images
    images
    images
    गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलमा ढाई अर्बको बुद्धमूर्ति आज राखिदैं
    images
    images
    images

    रुपन्देही। भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने बुद्धमूर्ति भैरहवा आएको छ। लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिकामार्फत विमानस्थलका लागि यो बुद्धमूर्ति ल्याइएको हो। दुई अर्ब ५० करोड मूल्यभन्दा बढीको बुद्धमूर्ति भैरहवा भन्सार कार्यालयमा आइपुगेको फाउण्डेसनका महासचिव एकराज गिरीले बताए। म्यानमारमा बनाइएको यो मूर्ति भारत हुँदै नेपाल ल्याइएको हो। मूर्तिलाई १४ कातिकमा राष्ट्रपतिमार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अनावरण गर्ने कार्यक्रम रहेको गिरीले बताए। अर्थमन्त्रालय र पर्यटन मन्त्रालयको समन्वयमा भन्सार सुल्क नलाग्ने गरी मूर्ति भित्र्याइएको हो। वाइडजेड स्टोनबाट बनेको बुद्धमूर्ति १८ सय केजीको छ। मूर्ति लोटस, फलावरसहित १ दशमलब ९ मिटर अग्लो, ६० सेन्टिमिटर चौडाइ र १ मिटर मोटाइ छ । मूर्तिलाई भैरहवा लुम्बिनी परिक्रमा गरी गौतमबुद्ध विमानस्थल परिसरमा लगेर राखीने लुम्बिनी होटल संघका अध्यक्ष गोविन्द ज्ञवालीले जानकारी दिए। म्यानमारमा पाइने बहुमूल्य ढुंगाको अन्तर्राष्ट्रिय बजारमा एक ग्रामको एक हजार २०० हङकङ डलर पर्ने फाउण्डेसनले जनाएको छ।

    images
    images

    निर्मल (एसपी) थापा

    • शनिवार, कार्तिक ६ २०७८१०:२६:२६
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij