एमसिसी रास्ट्रका लागि घातक छ:महरा
दाङ,गुराँस मिडिया । नेपाल राष्ट्रिय उद्योग व्यापार संघको दोस्रो लुम्बिनी प्रदेश भेला तथा अधिवेशन दाङमा सुरु भएको छ।संविधान सभाका पुर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले अधिबेशनको उद्घाटन गरेका छन।
संघको दोस्रो प्रदेश भेला तथा अधिबेशनलाई सम्बोधन गर्दै संविधान सभाका पुर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका नेता महराले एमसिसी देशको लागि घातक हुने बताएका छन् ।एमसिसी पारित भयो भने देश र व्यावसायीलाई धरासायी बनाउने महराले दावी गरे।एमसिसी पास गर्न केही तत्व सक्रिय रहेको बताउँदै एमसिसीको कडा रुपमा विरोध गर्ने समेत महराले आह्वान गरेका छन् ।
राजनीति अस्थिरताको कारण देशको आर्थिक अवस्था सुध्रिन नसकेको बताउँदै देशको अर्थतन्त्र बलियो बनाउन राजनीतिक स्थिरता कायम हुनु जरुरी रहेको महराले बताए । अधिवेशन लुम्बिनी प्रदेश संयोजक मनिश जोशीको अध्यक्षतामा भैरहेको र आजै नंया नेतृत्व चयन हुने बताइएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij