देवदह ।नेपाल कम्युनिस्ट पार्टी एमालेले देशभरका सबै वडामा नयाँ नेतृत्व चयन गरेको छ।केहि वडा बाहेक देशभर संयुक्त रुपमा वडा कमिटी चयन गरिएको हो। नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलिले भर्चुअल माध्यम बाट ऎतिहासिक वडा अधिबेशनको उद्घाटन गरेका हुन् । एमाले देवदह वडा कमिटी अन्तर्गत १२ वटै वडामा नयाँ नेतृत्व चयन गरिएको छ ।जस अन्तर्गत देवदह १ को अध्यक्षमा केशुमाया श्रेष्ठ ,वडा नम्वर ३ को अध्यक्षमा नवीन गैरे, वडा नम्वर ४ को अध्यक्षमा मन बहादुर थारु, वडा नम्वर ५ को अध्यक्षमा गणेश डुम्रे,वडा नम्वर ६ को अध्यक्षमा राजन अधिकारी, वडा नम्वर ७ को अध्यक्षमा तिलविक्रम बुढाथोकी ,वडा नम्वर ९ को वडा अध्यक्षमा दाताराम अर्याल, वडा नम्वर ९ मा जगन्नाथ अधिकारी वडा नम्वर १० मा एक नारायण रिजाल, वडा नम्वर ११ मा जित बहादुर चौधरी र वडा नम्बर १२ मा बाबुलाल यादव सर्वसम्मत रुपमा चयन भएका छन् ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij