मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

लोक संस्कृतिको जगेर्ना अब युवा पुस्ताले गर्नुपर्छ : सांसद न्यौपाने

लोक संस्कृतिको जगेर्ना अब युवा पुस्ताले गर्नुपर्छ : सांसद न्यौपाने

images
  • 321
    SHARES

  • images
    images
    images
    लोक संस्कृतिको जगेर्ना अब युवा पुस्ताले गर्नुपर्छ : सांसद न्यौपाने
    images
    images
    images

    देवदह। लुम्बिनी प्रदेश सांसद डाक्टर कृष्ण न्यौपानेले लोक संस्कृतिको रक्षा गर्ने काम युवा पुस्ताको भएको बताउनु भएको छ। 'ड वाइल्ड बिस्ट गाइज' क्लबको आयोजनामा देवदह २ पेटबनियामा भएको सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो। पछिल्लो समय लोक संस्कृति मनाउने बहानामा नाममा बिकृती भित्रिएको भन्दै सांसद न्यौपानेले लोक संस्कृतिलाई बचाइ राख्नका लागि अब युवा पुस्ताले सक्रियता देखाउनु पर्ने बताउनु भयो। हरेक वर्ष दशै पुर्णिामाको अवसर पारी आयोजना हुने सांस्कृतिक कार्यक्रममा यस बर्ष चर्चित राष्ट्रिय कलाकार कला राई र डिजे अटुल मगरले प्रस्तुति दिएका थिए ।साथमा स्थानीय कलाकारहरूको समेत बेजोड प्रस्तुति रहेको थियो। कार्यक्रममा युवा नेता कृष्ण राज पौडेल,राष्ट्रिय युवा संघ नेपालका जिल्ला सह संयोजक विकास गहतराज,सुनिल गिरि,सुवास खाती,बिष्णु हिताङ लगायतको सहभागिता रहेको थियो । क्लबका अध्यक्ष सुमन रानाको अध्यक्षता र चर्चित कार्यक्रम संचालिका दुर्गा गुरुङको संचालनमा उक्त कार्यक्रम भएको थियो।

    images
    images

    निर्मल (एसपी) थापा

    • आइतवार, कार्तिक ७ २०७८०५:२५:२४
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij