को बन्ला एमाले देवदहको नगर अध्यक्ष
देवदह । नेपाल कम्युनिस्ट पार्टी एमालेले देशभरका सबै वडाहरुमा एकसाथ वडा अधिबेशन सम्पन्न गरे लगत्तै नगर अधिबेशनको तयारीमा जुटेको छ। देवदहमा राजनीतिक दलले गर्ने नेतृत्वलाई विशेष ढंगले हेर्ने गरिन्छ र छुट्टै चर्चा हुने गर्छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार अर्थात प्रतिद्वन्दी को हुने अहिले हुने अधिबेशनले केही हद सम्म चर्चा गर्न सकिने आकलन समेत गर्न सकिन्छ। ऎतिहासिक भनिएको प्रथम नगर अधिबेशनमा हामी देवदहमा कसको नेतृत्वमा नगर कमिटी बन्ला?अथवा देवदहको नगर अध्यक्ष कसले पाउला भन्ने बिषयमा चर्चा गर्न गइरहेका छौँ । हाल नेकपा एमाले देवदह नगर अध्यक्ष प्रकाश अर्याल रहेका छन् त्यस्तै सचीवमा मन कुमार कनौजेले नेतृत्व गरिरहेका छन् ।देवदहमा पुनः नेतृत्व दोहोरिन्छ अथवा नयाँ नेतृत्वमा नगर कमिटी गठन बन्छ भनेर हामिले जानकारी लिने प्रयास गर्यौ। नगर अध्यक्षका लागि हाल सम्म ४ जनाको दावी रहेको छ । हालका नगर अध्यक्ष प्रकाश अर्याल,देवदह खानेपानी तथा सरसफाइ संस्थाका अध्यक्ष गुमान सिंह कुवंर,देवदह बोर्डिङ स्कुलका प्रधानाध्यापक बिष्णु प्रसाद पौडेल र टिकाराम चापागाईंले नगर अध्यक्षमा उम्मेदवारी दिने चर्चा रहेको छ। त्यस्तै नगर पार्टी भित्रकै बिश्वस्त श्रोतका अनुसार नगर अध्यक्षमा अरु थप ४ जनाको पनि दावेदारी रहेको तर उनीहरुको नाम भने खुलाउन चाहेन। नगर अध्यक्षमा दावी गरेका प्रकाश अर्याल अहिलेका नगर अध्यक्ष हुन् ।आजको नगर अधिबेशन पछि पनि नेतृत्वमा रहने तयारी उनले गरेका छन् ।
अहिले नगर अध्यक्षमा उम्मेदवारी दिएका गुमान सिंह कुवंर तत्कालीन नेकपा हुँदा देवदह खानेपानी संस्थामा स्वतन्त्र उम्मेदवारी दिएर नेकपाकै प्रतिद्वन्दीलाई पराजित गरि बिजयी बनेका हुन् ।एमाले देवदह नगर अध्यक्षमा आफ्नो दावेदारी रहेको उनी बताउँछन् ।पार्टी र देशको विकासका लागि सिद्धान्त र अनुशासनमा रहेर काम गर्नुपर्ने उनको तर्क छ।
त्यस्तै दावेदारी प्रस्तुत गरेका अर्का नेता हुन् टिकाराम चापागाईं।प्रष्ट विचार राख्ने चापागाईं यस अघिको स्थानीय तहको निर्वाचनमा नेकपा एमाले बाट नगर प्रमुखको उम्मेदवार समेत थिए।
नगर अध्यक्ष बन्ने चर्चामा रहेको अर्को नाम हो बिष्णु प्रसाद पौडेल ।देवदह बोर्डिङ स्कुलका प्रधानाध्यापक र विभिन्न संघ संस्थाकामा आबद्ध रहेका पौडेलको नाम नगर अध्यक्षको उम्मेदवारको रुपमा चर्चामा छ।नगर अध्यक्षमा आफ्नो पनि दावेदारी रहेको पौडेल बताउँछन् ।
नगर अध्यक्षको उम्मेदवारीको चर्चामा रहेका नाम बाहेक अन्य ४ जनाले दावेदारी दिए पनि बलियो उम्मेदवार माथी चर्चा गरिएको नामनै हो।सहमति हुन नसके यी ४ जना विचनै व्यापक प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij