देवदह । नेपाल कम्युनिस्ट पार्टी एमालेको प्रथम अधिबेशन बाट टिकाराम चापागाईंको अध्यक्षतामा नयाँ समिती चयन चयन गरिएको छ । चापागाईंको नेतृत्वमा ७५ सदस्यीय नयाँ कार्य समिति चयन गरिएको हो । नगर कार्य समितिले पूर्णता पाए पछि आजै देवदह नगरको नवनिर्वाचित समितिलाई पद तथा गोपनियताको सपथ खुवाएको छ । शुक्रवार खैरेनीस्थित पाठक फुडल्याण्डमा आयोजित कार्यक्रममा नेकपा (एमाले) रुपन्देहीका अध्यक्ष शिवराज सुवेदीले नवनिर्वाचित समितिलाई सपथ ग्रहण गराएका हुन् ।
निर्वाचित नयाँ कार्य समितिको उपाध्यक्षमा हिरा बहादुर थापा, सचिवमा विष्णु अर्याल तथा उप सचिवमा फुलमाया राना र अजय रौनियार चयन भएका थिए ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij