गिरि तरामुको अध्यक्षतामा ११ सदस्यीय नगर समिती गठन
सुरज भट्टराई ,देवदह ।राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, देवदहको प्रथम नगर भेला सम्पन्न भएको छ। भेलाले हेल्थ असिस्टेन्ट गिरि तरामुको अध्यक्षतामा ११ सदस्यीय नगर समिति गठन गरेको छ। जसको उपाध्यक्षमा ईश्वर पाण्डे, सचिवमा काशीराम रेग्मी, सह-सचिबमा राम प्रसाद पन्थी, कोषाध्यक्षमा मेघनाथ न्यौपाने चयन भएका छन । यसैगरी सदस्यमा सुचित्रा राना , सम्झना गौडेल, उत्तम बस्याल ,लक्ष्मी दर्जी, सलमान खान र राधा गिरी चयन भएका छन् ।
भेलामा प्रमुख अतिथि समेत रहनुभएको देवदह नगरपालिकाको उप प्रमुख विद्या लक्ष्मी गुरुङले विश्वभर फैलीएको कोरानोको कहरका विचमा स्वास्थ्यकर्मीहरुले महत्त्वपूर्ण भुमिका खेलेको बताउँदै प्रसंशा गर्नु भएको थियो ।कार्यक्रममा देवदह नगर प्रवक्ता तथा ५ नं वडाका वडा अध्यक्ष झिल्लु न्यौपाने , देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष पदम थापा, देवदह नगरपालिका स्वास्थ्य साखा प्रमुख काशिनाथ बञ्जाडे, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपालका केन्द्रिय सदस्य चिन्तामणि ज्ञवाली, राम प्रसाद शर्मा , नेकपा एमालेका नगर अध्यक्ष प्रकाश अर्याल, विष्णु बस्याल लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रम राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, रुपन्देहीका उपाध्यक्ष रामेश्वर ढकालको अध्यक्षता, राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, रुपन्देही जिल्ला सदस्य युवराज दिशा मगरको स्वागत र राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल, रुपन्देहीका कोषाध्यक्ष गणेश भण्डारीको संचालनमा भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij