कार्तिक १३,देवदह । देवदहमा "मैले राेजेकाे बाटाे" कार्यक्रम सम्पन्न भएकाे छ । देवदह जेसिजकाे आयाेजनामा जीवन मार्गकाे बिषयमा प्रशिक्षण कार्यक्रम गरीएकाे हाे । साे अवसरमा बाेल्दै नेपाली काँग्रेसका नेता अब्दुल रज्जाकले मानिसहरुमा लोभ लालच बढेको बताउनुभयो। युवाहरू समाज परिवर्तनको संवाहक बन्दै समाजमा विकृती विसङ्गती हटाउन लाग्नु पर्नेमा जोड दिनिभयो। कार्यक्रममा बोल्दै देवदह जेसिजका संस्थापक अध्यक्ष विजय गुरूङले जीवनमा सकारात्मक चिज र नकारात्मक चिज आउने बताउँदै नकारात्मक चिजलाई पाखा लगाउदै अघि बढ्नुपर्ने बताउनुभयो। कार्यक्रम देवदह जेसिजका अध्यक्ष केशव पराजुलीको अध्यक्षता र देवदह जेसिजका महासचिव दिपक अधिकारीको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij