मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

लायन्स क्लव अफ देवदहले पिस पोष्टर प्रतियोगिता आयोजना गर्ने

लायन्स क्लव अफ देवदहले पिस पोष्टर प्रतियोगिता आयोजना गर्ने

images
  • 248
    SHARES

  • images
    images
    images
    लायन्स क्लव अफ देवदहले पिस पोष्टर प्रतियोगिता आयोजना गर्ने
    images
    images
    images

    देवदह। लायन्स क्लव अफ देवदहको नियमित बैठक सम्पन्न भएको छ । क्लवको अध्यक्ष लायन बिनोद थापा मगरको अध्यक्षता र संस्थापक अध्यक्ष तथा डिष्ट्रिक्ट डिपार्टमेन्ट चिफ लायन विष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न भएको बैठकले लायन्स क्लव इन्टरनेशनलले हरेक वर्ष आयोजना गर्ने पिस पोस्टर कन्टेन्स लायन्स क्लव अफ देवदहले पनि कार्तिक २६ गते शुक्रबार आयोजना गर्ने निर्णय गरेको हो । 

    ११ देखि १३ वर्ष उमेर समूहका बालबालिकाहरुको मात्र सहभागीता रहने उक्त कार्यक्रममा क्लवले देवदह नगर भित्र रहेका सम्पूर्ण विद्यालयहरुको बिचमा सो प्रतियोगिता आयोजना गर्ने र उक्त कार्यक्रममा उत्कृष्ट हुने विद्यार्थीलाई डिष्ट्रिक्टमा प्रतिस्पर्धाको लागि पठाइनेछ । यस कार्यक्रममा बालबालिकाहरुले शान्ति र शान्तिको महत्व र विश्व शान्तिको लागि बालबालिकाहरुको धारणाहरु चित्र मार्फत उजागर गर्नेछ । डिष्ट्रिक्टमा छनौट भएको बालबालिकाहरु अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको लागि छनौट हुनेछ र अन्तरास्ट्रिय प्रतिस्पर्धामा विजय हुने बालबालिकाले पाँच हजार अमेरिकी डलर तथा दुई जना अभिभावक सहित पुरस्कार समारोहमा निशूल्क सहभागी हुन पाउने क्लवका अध्यक्ष थापा मगरले जानकारी गराउनुभयो । साथै उत्कृष्ट २३ भित्र पर्ने बालबालिकाहरुले पाँच सय अमेरिकी डलर र प्रमाणपत्र प्राप्त गर्नेछन।  उक्त कार्यक्रम सम्पन्न गर्नको लागि लायन मन बहादुर क्षेत्रि संयोजक रहेको तीन सदस्यीय उपसमिति गठन गरिएको छ । जसको सदस्यहरुमा लायन शिला मल्ल र लायन गणेश क्षेत्री रहनुभएको छ । 

    images
    images
    images

    No description available.

    बैठकले लायन्स भिलेज एडप्टको लागि लायन विष्णु प्रसाद ज्ञवालीको संयोजकत्वमा पाँच सदसिय उपसमिति गठन गरेको छ । जसको सदस्यहरुमा लायन विष्णु पाण्डेय, लायन हिरालाल कँडेल, लायन टेक बहादुर राना र लायन सन्तोष भट्टराई रहनुभएको छ । बैठकले नेकपा एमालेको प्रथम नगर अधिवेशनमा क्लवको कानुनी सल्लाहकार लायन टिकाराम चापागाई अध्यक्ष, युवा सल्लाहकार लायन दिपक चापागाई नगर सदस्य, सहकोषाध्यक्ष लायन विष्णु पाण्डेय नगर सदस्य, क्लवका डाइरेक्टर लायन टेक बहादुर राना नगर सदस्य जस्तो गरिमामय पदमा निर्विरोध निर्वाचित हुनुभएको सम्पूर्ण हार्दिक बधाई सहित सफल कार्यकालको लागि शुभकामना व्यक्त गरिएको थियो । 

    साथै क्लवले हाल सम्म गरेका कार्यहरुको समिक्षा गरिनुका साथै सम्पन्न हुन बाँकी र अगामी कार्यक्रमहरुको बारेमा छलफल गरि विभिन्न निर्णयहरु समेत गरिएको छ । बैठकमा क्लवका चार्टर प्रेसिडेन्ट लायन विष्णु प्रसाद पौडेल, आईपीपी लायन राम बहादुर गुरुङ लगायतले आफ्नो भनाईहरु राख्नुभएको थियो । क्लवका पूर्व अध्यक्ष तथा पदाधिकारी, बोर्ड तथा साधरण सदस्यहरुको उपस्थिती रहेको बैठकमा क्लवका तृतीय उपाध्यक्ष लायन कृष्णराज पौडेलको स्वागत र सचिव लायन सिर्जना ओली सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

    images
    images

    निर्मल (एसपी) थापा

    • सोमवार, कार्तिक १५ २०७८०७:०५:०५
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij