देवदह । नेपाल कम्युनिष्ट पार्टी एमालेको महिला संगठन अखिल नेपाल महिला संघ देवदहको अध्यक्षमा शिला मल्ल सर्वसम्मत रुपमा निर्वाचित हुनु भएको छ । आज सम्पन्न १३ औँ नगर सभाले मल्लको अध्यक्षतामा ४१ सदस्यीय नगर कमिटी गठन गरेको हो । संघको उपाध्यक्षमा गिता भण्डारी, सचिवमा लक्ष्मी पौडेल अधिकारी, उपसचिवमा फुलमायाँ श्रीष र कोषाध्यक्षमा रीता पाण्डेय चयन भएका छन ।
कार्यक्रममा बोल्दै नेकपा एमाले केन्द्रिय सदस्य दधिकाराम न्यौपानेले महिलाहरुको अधिकार स्थापित गर्न एकताबद्ध भएर अघि वढ्नु पर्नेमा जोड दिनु भयो । उहाँले महिला अधिकारको बिषयमा संविधानमा लेखिए पनि व्यवहारमा लागु हुन नसकेको बताउनु भयो । महिला नेतृ जानकी न्यौपानेले महिला मुक्ति आन्दोलन जारी रहेको बताउनु भयो । उहाले महिला शक्तिलाई कमजोर नठान्न आग्रह गर्नु भयो । एमाले नेता डा.कृष्ण न्यौपानेले अखिल नेपाल महिला संघको माध्यमबाट सम्पूणर् महिलाहरु एकताबद्ध हुनु पर्ने बताउनु भयो । महिलाहरु चुल्होचौकोमा मात्रै सिमित हुनु पर्ने दिनको अन्त्य गर्न आफुहरु लागि परेको उहाँको भनाई थियो । कार्यक्रममा अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य विद्यालक्ष्मी गुरुङ्ग, एमाले देवदह अध्यक्ष टिकाराम चापागाई लगायतले बोल्नु भएको थियो ।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij