मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

देवदहमा बजार अनुगमन:अधिकांश पसलमा म्याद गुज्रेका खाद्यपदार्थ भेटियो

देवदहमा बजार अनुगमन:अधिकांश पसलमा म्याद गुज्रेका खाद्यपदार्थ भेटियो

खरिद विल र म्याद गुज्रेका समान बेच्ने व्यापारीलाई ५ हजार जरिवाना

images
  • 479
    SHARES

  • images
    images
    images
    देवदहमा बजार अनुगमन:अधिकांश पसलमा म्याद गुज्रेका खाद्यपदार्थ भेटियो
    images
    images
    images

    भिडियो 

    देवदह ।चाड पर्व नजिकिए संगै देवदहमा बजार अनुगमन गरिएको छ ।देवदह नगरपालिका,सार्वजनिक सेवा तथा क्षेमता विकास समिति,खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवा,जिल्ला प्रशासन कार्यालय रुपन्देही,स्थानीय उद्योग वाणिज्य संघ,उपभोक्ता हित संरक्षण समिति प्रहरी र पत्रकारको सयुक्त उपस्थितिमा बजार अनुगमन गरिएको हो। 

    images
    images
    images

    May be an image of one or more people, people standing, indoor and text that says 'รอ UPAKAR UPAKAR UPAKAR'

    बजार अनुगमनका क्रममा अधिकांश पसलमा म्याद नाघेका खाद्य पदार्थ,उत्पादन मिति नराखेका दैनिक उपभोग्य सामग्री,अत्याधिक रङ मिसाइएका झिनुवा,खरिद बिल नभएका खाद्य पदार्थ लगायतका सामाग्री फेला परेको छ। म्याद नाघेका र उत्पादन मिति नभएका भुजा,मसला,पेय पदार्थ,मिठाई,झिनुवा तत्काल बरामद गरि नष्ट गरिएको छ। 

    May be an image of 3 people, people standing, food and indoor

    त्यसै गरि खरिद बिल नभएका र खाद्य अनुज्ञा पत्र नभएका पसलहरुमा चेक जांच गरि ५ हजार रुपैंया जरिवाना तिराइएको छ। 

    May be an image of 4 people and people standing

    उपभोक्ता हित संरक्षण समितिका संयोजक विद्या लक्ष्मी गुरुङ को संयोजकत्वमा भएको बजार अनुगमनमा सार्वजनिक सेवा तथा क्षेमता विकास समितिका झिल्लु प्रसाद न्यौपाने,जिल्ला प्रशासन कार्यालय रुपन्देहीका अधिकृत झविलाल भट्टराई,खाद्य तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रतिनिधि दिपक कुमार यादव,उद्योग वाणिज्य संघ,देवदह व्यापार संघका प्रतिनिधि,प्रहरी,पत्रकार जनप्रतिनिधि लगायतको सहबगिता रहेको थियो। 

    May be an image of one or more people

     

    images
    images

    निर्मल (एसपी) थापा

    • मंगलवार, कार्तिक १६ २०७८०८:४५:२९
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij