देवदह।रुपन्देहीको देवदहमा चर्चित लोक दोहोरी गायक पुष्कल शर्मा र हास्य कलाकार सुबोध गौतम 'एदुमे' आउने भएका छन् ।कार्तिक १८ गते लक्ष्मीपुजाको दिन शर्मा र गौतम देवदह आउन लागेका हुन। बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै रास्तृय स्तरको कलाकार आउन लागेको जानकारी गराइएको हो।
युवा व्यावसायी गुमान सिंह सिंजाली थापा लगायतको टिमले संचालनमा ल्याउन लागेको द एकता होटेलको ग्रान्ड ओपनिङको अवसर पारेर आयोजना गरिएको बृहत सांस्कृतिक कार्यक्रममा प्रस्तुति दिनका लागि हास्य कलाकार गौतम र लोक दोहोरी गायक शर्मा देवदह आउन लागेका हुन् ।

देवदह नगरपालिका अन्तर्गत वडा नम्बर २ को राजाबारी भृकुटी टोलमा झण्डै १ कोरोड भन्दा बढी लगानीमा द एकता होटेल संचालनमा आउन लागेको छ ।ग्रामीण क्षेत्रमा होटेल संचालन गरेर स्वदेशमै केही गर्ने उद्देश्य सहित आफुले होटेल संचालनमा ल्याउन लागेको थापाले बताए ।शुद्द नेपाली स्वाद झल्किने परिकारहरु,कोदो र फापरको ढिदो लगायतको विशेषता रहने संचालक थापाले बताए।

होटेलमा आउने पर्यटकलाई देवदहका स्थानीय पर्यटकीय क्षेत्र सम्म अवलोकन गराउने र पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने योजाना रहेको समेत थापाले बताए ।स्थानीय कलाकारहरूको समेत प्रस्तुति रहने उक्त कार्यक्रममा precussion band को समेत विशेष प्रस्तुति रहने छ।कार्यक्रम दिउँसो ३:३० बजे देखि सुरु हुनेछ।

Copyright © All right reserved to Lumbini Pana Site By: Sobij