देवदह। देवदह ३ सेमराहानामा रहेको चाहना आमा समूहले शुभ दिपावलीको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। नेपालीहरुको दोस्रो ठुलो पर्व शुभ दिपावलीको अवसर पारेर शुभकामना आदानप्रदान कार्यक्रम गरिएको चाहाना आमा समूहले जानकारी दिएको छ।
शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै देवदह नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष बैकुण्ठ बहादुर कुँवरले बिकृति र विसंगति रहित ढंगले चाडपर्व मनाउंदै संस्कृति र परम्पराको जगेर्ना गर्नुपर्ने बताउनुभएको छ। कार्यक्रममा प्रमुख अतिथि समेत रहेका वडा अध्यक्ष कुँवरले कोरोना संक्रमणको जोखिम कायमै रहेकोले सुरक्षित ढंगले चाडपर्व मनाउन आग्रह समेत गर्नुभएको छ।
संगम युवा क्लबका सचिब प्रितम कुमार थापाले तीजमा चेली र माइती,दशैमा आमा र छोरा र तिहारमा दिदि र भाइले आत्मियता साटासाट गर्दै पर्व मनाई आएको र चाडपर्वको राम्रो पक्षलाई जोगाउदै बिकृतिलाई पाखा लगाउनु पर्ने बताउनुभएको थियो।
कार्यक्रममा समाजसेवी लाल बहादुर थापा, घनश्याम भण्डारी,बिष्णु ज्ञवाली लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो। कार्यक्रम चाहाना आमा समूहका अध्यक्ष यम माया ज्ञवालीको अध्यक्षता र सचिब झम कुमारी थापाको संचालनमा सम्पन्न भएको थियो।
Copyright © All right reserved to Lumbini Pana Site By: Sobij