मंगलवार, आश्विन १३ गते २०८३

Logo मंगलवार, आश्विन १३ गते २०८३
images
images

तिहार नजिकिँदा ढाकाटोपी किन्नेको चहलपहल बढ्दै

तिहार नजिकिँदा ढाकाटोपी किन्नेको चहलपहल बढ्दै

images
  • 232
    SHARES

  • images
    images
    images
    तिहार नजिकिँदा ढाकाटोपी किन्नेको चहलपहल बढ्दै
    images
    images
    images

    काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहार नजिकिँदा ढाकाटोपी किन्नेको चहलपहल बढ्दै गएको छ । तिहारमा ढाकाटोपी लगाइदिँदा माइतीको मानप्रतिष्ठा बढ्छ भन्ने मान्यताले हरेक चेलीले आफ्ना दाजुभाइलाई उपहारका रूपमा स्नेहपूर्वक ढाकाटोपी दिने प्रचलन छ । यसले गर्दा ढाकाटोपी खरिद गर्नेहरू बढेको व्यापारीहरू बताउँछन् ।

    विगत २५ वर्षदेखि ढाकाटोपीको व्यापार गर्दै आएका लक्ष्मी श्रेष्ठले तिहारमा दाजुभाइको शिरमा ढाकाटोपी आवश्यक पर्ने भएकाले सबैको रोजाइमा परेको जानकारी दिनुभयो ।

    images
    images
    images

    गलामा सयपत्री र मखमलीको माला, निधारमा सप्तरङ्गी टीका र शिरमा ढाकाटोपीले हरेक दाजुभाइ भाइटीकाका दिन सजिने गर्छन् । तिहारमा ढाका टोपी लगाउँदा माइतीको मानप्रतिष्ठा बढ्छ भन्ने विश्वासले हरेक चेलीले आफ्ना दाजुभाइलाई ढाकाटोपी उपहार दिने प्रचलन छ ।उहाँका अनुसार भाइटीकाका दिन माइतीको टाउको खाली राख्नु हुँदैन भन्ने मान्यता छ । ढाकाटोपी नेपाली समाजको पहिचान हो । यसलाई हाम्रो आस्थाको प्रतीकसमेत मानिन्छ ।

    अर्का व्यापारी सुरेश नगरकोटीले तिहारलाई लक्षित गरेर ढाकाटोपी बिक्री गरिरहनुभएको छ । तिहारमा धेरै माग हुने भएकाले यस पर्वलाई लक्षित गरेर उहाँ सामान मगाउनुहुन्छ ।नगरकोटीले ढाकाटोपी १५० देखि पाँच हजार रुपियाँसम्मको रहेको जानकारी दिँदै पाँच सयदेखि दुई हजार रुपियाँका टोपी बढी बिक्री हुने बताउनुभयो ।विवाहका लागि अर्डरबमोजिम बनाइने टोपीको मूल्य धेरै हुने उहाँले बताउनुभयो । 

    images
    images

    निर्मल (एसपी) थापा

    • शुक्रवार, कार्तिक १९ २०७८०५:५८:१७
    images
    images
    images
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Lumbini Pana Site By: Sobij